१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

बुटवलमा माघ १५ देखि राष्ट्रिय अण्डर १८ टेबल टेनिस हुदै



बुटवल । रुपन्देहीमा तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ हुने भएको छ ।

टेबल टेनिस खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा माघ १५ र १६ गते दुई दिन प्रतियोगिता हुने भएको हो ।

मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको विभिन्न उपसमिति गठन गरि तयारी तिब्र भईरहेको अध्यक्ष सुरेन्द्र कुमार शाक्यले बताए । देविनगर ओलिपथस्थित कोर्टमा हुने प्रतियोगितामा करीब ८० जना खेलाडी सहभागी हुने उनले बताए ।

छात्र र छात्रा गरि दुई विद्यामा हुने खेलमा उपाधि विजेता, उपविजेता र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई नगद २५ हजार, १५ हजार र ५-५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

संघका उपाध्यक्ष नर बहादुर क्षेत्रीले प्रतियोगिता आयोजनाका लागि २ लाख ५० हजार अनुमानित खर्च रहेकोमा बुटवल उपमहानगरपालिकाबाट १ लाख रुपैया सहयोग हुने उनले बताए ।

कार्यक्रममा संघका प्रमुख सल्लाहकार अर्जुनमान सैजु, साउथ एशियन टेबल टेनिस फेडेरेसनका महासचिव तथा पुर्व मुख्य प्रशिक्षक शंकर गौतम, राखेपका वरिष्ठ मुख्य प्रशिक्षक संजिव ढुगेल, संघका सल्लाहकार कृष्ण कुमार श्रेष्ठ, सचिव महेश खनालले खेल गतिविधि आयोजनासंगै प्रचारप्रसार महत्त्वपूर्ण हुने भन्दै मिडिया क्षेत्रबाट सहयोग गर्न आग्रह गरे।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : ४१ बजे

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि

होलीको शुभकामना दिँदै प्रचण्डले भने-‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक

निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार

काठमाडौँ । विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया)