११ भदौ २०८३, बिहिबार | August 27, 2026

भक्तपुर-२ का एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश



काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका नेकपा एमालेसँग आबद्ध नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ का श्याम मचामसी, राम बाला र राजू लवजू, भक्तपुर नगरपालिका वडा नं. ७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका वडा नं. ८ का कृष्ण राम कवा लगायतका नेता–कार्यकर्ताहरुले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्

उनीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले पार्टीमा स्वागत गरे ।पार्टीमा स्वागत गर्दै संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा बामपन्थी तथा क्रान्तिकारी शक्तिहरुको एकता अपरिहार्य भएको बताएका छन् । पार्टी प्रवेशले भक्तपुर २ मा राम्रो नतिजा आउँने विश्वास व्यक्त गरे ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरुले पार्टीको सिद्धान्त, नीति तथा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा संगठन सुदृढीकरण र जनसरोकारका मुद्दामा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १० : ४१ बजे

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र