१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्री पौडेल



भैरहवा । अर्थमन्त्री तथा नेकपा महासचिव विष्णुप्रसाद पौडेलले विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना नरहेको बताएका छन् । मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेकाले प्रतिनिधिसभा पुनस्र्थापनाको संभावना नरहेको उनको भनाइ छ ।

जनताका पक्षमा कामै नगर्ने र गर्न खोज्नेलाई पनि नदिने गलत प्रवृत्तिका कारणले प्रतिनिधिसभा बन्धक जस्तै बनाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले त्यहीँ प्रवृत्ति चिर्न ताजा जनादेशमा जाने निर्णय गरिएको स्पष्ट पारे ।

प्रेस संगठन नेपाल रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले ताजा जनादेश नै अवको एक मात्र निकास रहेको बताए ।

चुनाव हुनेमा कुनै आशंका छैन

तोकिएकै मितिमा निर्वाचन हुने र निर्वाचनबाट आफ्नो दल नै जनताबाट अनुमोदित हुने नेता पौडेलले विश्वास व्यक्त गरे । ‘वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ, यसका लागि कसैले भ्रम पाल्नु जरुरी छैन’-उनले भने । कतिपयलाई अझै पनि संसद पुनस्र्थापना हुन्छ कि भन्ने भ्रम रहेको भन्दै अर्थमन्त्री पौडेलले संविधान बमोजिम नै संसद विघटन भएकाले पुनस्र्थापना नहुने दाबी गरे । ‘मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेको छ, राष्ट्रिय मान्यताप्राप्त सबै दलहरु अब कुनै भ्रममा नपरी निर्वाचनमा जुट्नुपर्ने छ र यसको अरु कुनै विकल्प छैन’उनको भनाइ थियो ।

अदालतको सम्मान गर्छौं र ताजा जनादेशका लागि जुट्छौं

अर्थमन्त्री पौडेलले यद्यपि संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन रहेकाले अदालतले गर्ने फैसलालाई भने सम्मान गर्ने बताए । अर्थमन्त्री पौडेलले निर्वाचनको तयारी गर्न अदालतको फैसला कुर्न नपर्ने उल्लेख गर्दै लोकतन्त्रका विश्वास गर्नेले निर्वाचनको विरोध नगर्ने बताए । उनले सरकारले गरेका राम्रा कामलाई जनतामाझ लिएर चुनावमा जाने भन्दै जनताले सरकारले गरेका कामको सही मूल्यांकन गर्ने बताए ।

अहिलेको सडक आन्दोलनको कुनै औचित्य छैन

अर्थमन्त्री पौडेलले प्रतिनिसधसभा पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलनमा जानुको कुनै औचित्य नरहेको बताए । ‘सरकारले प्रतिनिधि सभा विघटन गरिसकेपछि यो सर्वोच्चमा पुगिसकेको छ, त्यसैले अव यो सरकारको क्षेत्राधिकारभित्र पर्दैन, तसर्थ पुनस्र्थापनाको माग कोसँग हो ?’ उनले प्रश्न गरे । उनले सरकारको क्षेत्राधिकारभित्र नपर्ने विषयमा र अदालतको विरुद्धमा आन्दोलन गर्ने कुरा गलत रहेको बताए ।

निर्वाचन आयोगको निर्णय स्वागयोग्य

नेकपा महासचिव पौडेलले नेकपाबारे निर्वाचन आयोगले गरेको निर्णयको स्वागत गरे । सडकबाट टिका लगाएर अध्यक्ष हुन नसकिने कुरालाई निर्वाचन आयोगले स्पष्ट पारिदिएको उनको भनाइ छ । उनले निर्वाचन आयोगले चुनावको तयारी अगाडि बढाएको र सुरक्षा निकायले पनि तयारी थालेको भन्दै अव निर्वाचन रोक्ने तागत कसैसँग नरहेको बताए ।

कोरोना विरुद्धको खोप सबैलाई निःशुल्क

अर्थमन्त्री पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क उपलव्ध गराउन लागिएको पनि जानकारी दिए । कोरोना महामारी नियन्त्रणका लागि सरकारले एकदमै राम्रा र सकारात्मक कामहरु गरेको तर, त्यसका विरुद्ध अनेक तत्वले अनावश्यक भ्रम सिर्जना गर्ने कोसिस गरेको उनको दुखेसो थियो ।

क्वारेन्टिन निर्माणदेखि आइसोलेशन निर्माण र कोरोना विशेष अस्पताल निर्माणदेखि संक्रमितको निशुल्क उपचार हुँदै अहिले निशुल्क खोपको व्यवस्थासम्मका सबै कामका बारेमा एकपटक स्मरण गर्न उनले आग्रह पनि गरे ।

अर्थतन्त्रका परिसूचक सकारात्मक बन्दै

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका परिसूचक सकारात्मक रहेको बताए । कोभिड-१९ का कारण मुलुकको अर्थतन्त्र लामो समय चलायनमान नहुँदा पनि आर्थिक सूचक भने सन्तोषजनक रहेको उनले बताए ।

राजस्वको लक्ष्य अहिले पूरा हुन नसकेपनि आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्य पूरा हुने उनको भनाइ छ । अर्थमन्त्री पौडेल भैरहवामा आउनु अघि भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा समेत सहभागी भएका थिए । अहिले राजस्व संकलन र पुँजीगत खर्चमा केही संकुचन आएको स्वीकार्दै अर्थमन्त्रीले अव भने राजस्व संकलन बढ्ने र पुँजीगत खर्चलाई पनि बढाइने बताए ।

विमानस्थल निर्माणमा समस्या भए सरकारले तत्कालै समाधान गर्ने

भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध विमानस्थलको आइसिप-१ को काम अव सम्पन्न हुने चरणमा पुगिसकेको र सम्पन्न भइसकेपछि आइसिपी-२ को काम सुरु हुने उनले जानकारी दिए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा केही समस्या भएमा सरकारबाट समन्वय हुने र तत्कालै समाधानका उपाय खोजिने भन्दै सूचि बनाएर बुझाउन उनले विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीलाई आग्रह पनि गरे ।

प्रेस संगठन नेपाल रुपन्देहीका संयोजक अमृत गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण संगठनका सदस्य शषि पन्थीले गरेका थिए ।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ७ : ४५ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको