३ पुस २०८२, बिहिबार | December 18, 2025

जुम्लाको गोठीगाउँमा भीषण आगलागी, ३५ घर जलेको प्रारम्भिक अनुमान



जुम्ला । जुम्लाको तिला गाँउपालिकामा आगलागी हुँदा ३५ घर जलेको छ । मंगलबार सांझ लागेको भीषण आगलागी बाट ३५ घर जलेको प्रारम्भिक खबर आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । मंगलवार साँझ जिल्लाको तिला गाउँपालिका गोठीमा स्थानीयवासीको घरमा लागेको आगो फैलंदै जाँदा ठूलो क्षती भएको बताईएको छ ।

स्थानीयबासीले ३५ घर जलेको खबर गरेपनि कति घर जल्यो भन्ने पुष्टि नभएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले खबरकुरालाई जानकारी दिए । ‘सशस्त्र, जनपद र स्थानीय रारालिही चौकीका प्रहरीहरु केहिबेर अगाडी घटनास्थल पुगेका छन् । उनीहरुले रिपोर्ट गरेपछि क्षेतीको वास्तविक विवरण आउला’, प्रजिअ थापाले भने ।

सदरमुकामबाट घटनास्थल पुग्न चार घण्टा लाग्छ । आगलागीको कारण पनि स्पष्ट हुन नसकेको प्रजिअ थापाले भने । घटनास्थल जुम्लाका रारालिही प्रहरी चौकी अन्तर्गत पर्दछ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ४४ बजे

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित