१८ श्रावण २०८३, सोमबार | August 3, 2026

जुम्लाको गोठीगाउँमा भीषण आगलागी, ३५ घर जलेको प्रारम्भिक अनुमान



जुम्ला । जुम्लाको तिला गाँउपालिकामा आगलागी हुँदा ३५ घर जलेको छ । मंगलबार सांझ लागेको भीषण आगलागी बाट ३५ घर जलेको प्रारम्भिक खबर आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । मंगलवार साँझ जिल्लाको तिला गाउँपालिका गोठीमा स्थानीयवासीको घरमा लागेको आगो फैलंदै जाँदा ठूलो क्षती भएको बताईएको छ ।

स्थानीयबासीले ३५ घर जलेको खबर गरेपनि कति घर जल्यो भन्ने पुष्टि नभएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले खबरकुरालाई जानकारी दिए । ‘सशस्त्र, जनपद र स्थानीय रारालिही चौकीका प्रहरीहरु केहिबेर अगाडी घटनास्थल पुगेका छन् । उनीहरुले रिपोर्ट गरेपछि क्षेतीको वास्तविक विवरण आउला’, प्रजिअ थापाले भने ।

सदरमुकामबाट घटनास्थल पुग्न चार घण्टा लाग्छ । आगलागीको कारण पनि स्पष्ट हुन नसकेको प्रजिअ थापाले भने । घटनास्थल जुम्लाका रारालिही प्रहरी चौकी अन्तर्गत पर्दछ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ४४ बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा