२१ मंसिर २०८२, आइतबार | December 7, 2025

आजदेखि देशभर कोरोना विरुद्धको खोप लगाईंदै



काठमाडौं । सरकारले आजदेखि देशभरका ४ लाख ३० हजार जनालाई खोप लगाउँदैछ ।

त्यसका लागि आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । यद्यपि, प्रधानमन्त्री ओली स्वयंले भने खोप लगाउने छैनन् ।

गत बिहीबार भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिडविरुद्धको खोप नेपाल ल्याइएको थियो । टेकुस्थित राष्ट्रिय खोप भण्डारण केन्द्रको कोल्डचेनमा राखिएको कोभिशिल्ड भ्याक्सिन प्रदेशका खोप भण्डार केन्द्रहरुमा पुगिसकेको छ ।

कोभिशिल्डको प्रभावकारिता ७० प्रतिशत रहेको बताइएको छ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनरलाई खोप लगाउने बताएको छ । सातै प्रदेशका ६२ अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रहरुबाट खोप अभियान सञ्चालन हुनेछ ।

अहिले विश्वभर उत्पादन भइरहेको कोभिड-१९ विरुद्धको खोप व्यक्ति आफै जिम्मेवार भएर लगाउनु पर्ने हुन्छ । सरकारले अहिले ल्याएको खोप व्यक्तिलाई स्वेच्छिक रुपमा लगाउन आग्रह गरेको छ ।

सरकारले खोप लगाउनुभन्दा पहिले खोप लगाउने व्यक्तिले मञ्जुरीनामा दिनुपर्ने व्यवस्था गरेको छ । यसको अर्थ खोप लगाइसकेपछि खोप लगाउने मानिसमा खोपको कुनैपनि असर परेको अवस्थामा सरकार जवाफदेही हुँदैन, व्यक्ति स्वयंले आफ्नो जिम्मेवारी लिनुपर्ने हुन्छ ।

खोप शाखा प्रमुख डा. झलक गौतमले सरकारले व्यक्ति कसैलाई पनि खोप लगाउन बाध्य पार्न नसकिने भएकाले मञ्जुरीनामा लेख्न लगाइने बताए । उनले कोभिशिल्ड विश्वासनीय खोप भएको पनि बताए ।

व्यक्तिलाई मञ्जुरीनामा गराएर खोप लगाउने सरकारी अभियान कानुनविपरित भएको भन्दै केही स्वास्थ्यकर्मीहरुले यो अभियानमा सहभागी नहुनेसमेत घोषणा गरिसकेका छन् ।

कानुनअनुसार खोप प्रयोग गर्दा स्वास्थ्यमा कुनै समस्या आएमा, अङ्ग-भङ्ग भएमा खोप उत्पादक कम्पनीले त्यसको क्षतिपूर्ति व्यर्होनुपर्छ । तर, अहिले खोप उत्पादक कम्पनीलाई खोपले जस्तोसुकै असर गरेपनि क्षतिपूर्ति माग दावी गर्दैनौँ भनेर लिखत गरेर खोप आयात भइरहेको छ ।

नेपाल सरकारले पनि कोभिशिल्ड भ्याक्सिनबाट भएको क्षतिपूर्ति मागदावी नगर्ने लिखत गरेर खोप ल्याएको हो । त्यसैले अहिले सरकारले खोप ऐन, २०७२ विपरित व्यक्तिलाई मञ्जुरीनामा गर्न लगाएको छ । व्यक्तिको मञ्जुरीनामा गराएर खोप लगाउँदा खोप लगाइसकेपछि खोपको खराब असर देखिएमा व्यक्तिले कानुनअनुसार पाउने क्षतिपूर्तिबाट पनि बञ्चित हुन्छन् ।

सरकारको यो तयारीअनुसार कोभिडविरुद्धको खोप लगाइसकेपछि स्वास्थ्यमा समस्या आएको अवस्थामा व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने छ । खोप ऐनमा विभिन्न व्यवस्था भएपनि मञ्जुरीनामा दिएर खोप लगाउने व्यक्तिलाई खोपको असर देखिएमा सरकारविरुद्ध वा खोप उत्पादक कम्पनीविरुद्ध कुनै उजूरी वा क्षतिपूर्तिको माग दावी गर्न पाइने छैन ।

तर सरकारले खोप लगाएपछि स्वास्थ्यमा समस्या आएमा निशुल्क उपचार गर्ने मौखिक जानकारी गराएको छ । खोप महाशाखाकाअनुसार अहिलेसम्म पोखरामा ४ हजार, बुटवलमा ८ हजार ८ सय, नेपालगञ्जमा २ हजार ६ सय, धनगढीमा ३ हजार ६ सय, हेटौंडामा ७ हजार ६ सय र विराटनगरमा ९ हजार ६ सय भाइल खोप पुगिसकेको छ । काठमाडौं उपत्यकाको लागि १२ हजार ५ सय भाइल खोप छुट्याइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ६ : ५३ बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल