२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

मनोहरा करिडोर निर्माण सम्पन्न



काठमाडाैं । कोटेश्वर-जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न भएको छ ।

बालकुमारी पुलबाट मनोहरा किनारै किनार लोकन्थली र नरेफाँट जोड्ने बेलिब्रिजसम्मको सडक कालोपत्र भएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । यो करिडोर निर्माण सुरू भएको आठ वर्षपछि सम्पन्न भएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए ।

उनका अनुसार डिभिजनअन्तर्गत ‘क्रोनिक’ ठेक्काका रूपमा रहेको यो ठेक्का सम्पन्न हुँदा ललितपुरबाट भक्तपुरतर्फ जाने सवारी साधन कोटेश्वर-जडीबुटी नगएर सिधै बालकुमारीबाट लोकन्थली जान सक्नेछन् ।

करिडोरको सडक निर्माण सम्पन्न भए पनि धेरैलाई जानकारी नभएको उनले बताए । उनले भने, “धेरैलाई जानकारी भएपछि र करिडोर प्रयोग बढेपछि कोटेश्वर-जडीबुटी सडकको जाम कम हुनेछ ।” डिभिजनले विसं २०७०/७१ मा सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको थियो । सडकको बजेट झण्डै १५ करोड छ भने यो खण्डको लम्बाइ एक दशमलव दुई किलोमिटर छ ।

यसअघि नै बल्खुबाट वाग्मती किनारैकिनार बालकुमारीसम्म करिडोर सञ्चालनमा छ । यसले गर्दा बल्खुबाट कुनै पनि सवारी साधन मुख्य सडक नपुगी भक्तपुर पुग्न सक्नेछ । सरकारले मुख्य सडकको सवारी चाप कम गर्न वाग्मती र त्यसका सहायक नदीहरुमा करिडोर निर्माण अघि बढाइरहेको छ । वाग्मती, धोबीखोला, नक्खु, विष्णुमती, मनोहरालगायतका नदीमा करिडोर निर्माण अघि बढाइरहेको छ ।

उपत्यकाकै बढी सवारी चाप रहेको सडकमा पर्ने जडीबुटीबाट कोटेश्वरको जाम कम गर्न विभिन्न विकल्प खोजिरहेको सडक विभागले करिडोर निर्माणलाई पनि विकल्पका रूपमा निर्माण अघि बढाएको हो । त्यससँगै विभागले कोटेश्वर-जडीबुटी सडकमा तीन लेन थप्ने गरी विस्तार गरिरहेको छ ।

सोही सडकको चाप कम गर्न मनोहरा करिडोर नै बेलिब्रिजबाट लोकन्थली पुलमुनि हुँदै पेप्सीकोलासम्म करिडोर निर्माणको योजना बनाइएको छ। आगामी आवमा पेप्सीकोला टाउनप्लानिङसम्म करिडोर निर्माण भएपछि सो खण्डको चाप अझै घट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : १६ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न