४ पुस २०८२, शुक्रबार | December 19, 2025

मनोहरा करिडोर निर्माण सम्पन्न



काठमाडाैं । कोटेश्वर-जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न भएको छ ।

बालकुमारी पुलबाट मनोहरा किनारै किनार लोकन्थली र नरेफाँट जोड्ने बेलिब्रिजसम्मको सडक कालोपत्र भएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । यो करिडोर निर्माण सुरू भएको आठ वर्षपछि सम्पन्न भएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए ।

उनका अनुसार डिभिजनअन्तर्गत ‘क्रोनिक’ ठेक्काका रूपमा रहेको यो ठेक्का सम्पन्न हुँदा ललितपुरबाट भक्तपुरतर्फ जाने सवारी साधन कोटेश्वर-जडीबुटी नगएर सिधै बालकुमारीबाट लोकन्थली जान सक्नेछन् ।

करिडोरको सडक निर्माण सम्पन्न भए पनि धेरैलाई जानकारी नभएको उनले बताए । उनले भने, “धेरैलाई जानकारी भएपछि र करिडोर प्रयोग बढेपछि कोटेश्वर-जडीबुटी सडकको जाम कम हुनेछ ।” डिभिजनले विसं २०७०/७१ मा सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको थियो । सडकको बजेट झण्डै १५ करोड छ भने यो खण्डको लम्बाइ एक दशमलव दुई किलोमिटर छ ।

यसअघि नै बल्खुबाट वाग्मती किनारैकिनार बालकुमारीसम्म करिडोर सञ्चालनमा छ । यसले गर्दा बल्खुबाट कुनै पनि सवारी साधन मुख्य सडक नपुगी भक्तपुर पुग्न सक्नेछ । सरकारले मुख्य सडकको सवारी चाप कम गर्न वाग्मती र त्यसका सहायक नदीहरुमा करिडोर निर्माण अघि बढाइरहेको छ । वाग्मती, धोबीखोला, नक्खु, विष्णुमती, मनोहरालगायतका नदीमा करिडोर निर्माण अघि बढाइरहेको छ ।

उपत्यकाकै बढी सवारी चाप रहेको सडकमा पर्ने जडीबुटीबाट कोटेश्वरको जाम कम गर्न विभिन्न विकल्प खोजिरहेको सडक विभागले करिडोर निर्माणलाई पनि विकल्पका रूपमा निर्माण अघि बढाएको हो । त्यससँगै विभागले कोटेश्वर-जडीबुटी सडकमा तीन लेन थप्ने गरी विस्तार गरिरहेको छ ।

सोही सडकको चाप कम गर्न मनोहरा करिडोर नै बेलिब्रिजबाट लोकन्थली पुलमुनि हुँदै पेप्सीकोलासम्म करिडोर निर्माणको योजना बनाइएको छ। आगामी आवमा पेप्सीकोला टाउनप्लानिङसम्म करिडोर निर्माण भएपछि सो खण्डको चाप अझै घट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : १६ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका