३ पुस २०८२, बिहिबार | December 18, 2025

लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप अभियान सुरु, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनालले लगाए पहिलो खोप



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सेपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले पहिलो खोप लगाएर लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप अभियानको आरम्भ गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले अस्पतालका मेसु खनाललाई खोप कार्ड हस्तान्तरण गरेर खोप अभियानको सुरुवात गरेका छन् ।

सरकारको फन्टलाईनका स्वास्थ्यकर्मीबाट खोप लगाउन दिने सरकारको कार्यक्रम अनुसार अस्पतालका अन्य १४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले आज खोप लगाएका छन् ।

डा. खनाललाई यस अघि नै गम्भिर प्रकृतिको कारोना संक्रमण भएर निको भएका हुन् ।

उता बाँकेमा भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले खोप लगाएर खोप अभियानको सुरु गरेका छन् ।

लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले प्राप्त खोप मध्य भन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याएको छ।

निर्देशनालयले दिएको जानकारी अनुसार बाँकेको लागि १७ हजार ९० डोज उपलब्ध हुने छ भने दाङमा ६ हजार ५ सय ९०, कपिलबस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइएको छ।

त्यसै गरी नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोरोना विरुद्धको खोप पठाईएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ११ : ४० बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको