२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनर्निर्माण गरिने



गलकोट । बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने १७ अझै बेपत्ता छन् । यस्तै २ सय २९ घरमा पूर्णरूपमा क्षति भएको छ भने २० घरमा आंशिक क्षति भएको छ ।

बागलुङमा ५ सय ९० घर जोखिममा परी विस्थापित भएको भन्दै पुनर्निर्माण गर्न आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोले क्षति पुर्याएको, भासिएको, पहिरोले पुरेको र चर्केको गरेर ५ सय ९० घर पुनर्निर्माणका लागि विपद् व्यवस्थापन समितिमा स्थानीय तहले सिफारिस गरेका हुन् ।

साउनयता बाढीपहिरोबाट ३५ र चट्याङबाट दुई जनाको मृत्यु भएको थियो भने बाढी पहिरोमा अझै १७ हराइरहेका छन् । समितिले बाढी पहिरोमा बेपत्ता १७ जनालाई मृत्युसरह राहतसमेत उपलब्ध गराएको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बागलुङमा साउनयता घटेका विपद्का घटनामा रु एक करोड ३७ लाख ७५ हजार राहत रकम हस्तान्तरण गरिसकेको जनाएको छ ।

सो मध्ये संघीय सरकारबाट प्राप्त रु ९० लाख राहत वितरण गरेको र पूर्ण क्षति भएको २ सय २९ घरलाई रु १८ लाख ८२ हजार ५ सय राहत रकम हस्तान्तरण गरिसकिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले वेपत्ता भएका १७ जनाको परिवारलाई समेत अहिलेसम्म बाढी पहिरोमा खोजतलास गर्दा फेला नपरेका कारण गृह मन्त्रालयको निर्देशनानुसार मृत्यु समान राहत रकम हस्तान्तरण गरेको बताए ।

यस्तै गण्डकी प्रदेश सरकारले समेत मृत्यु भएका ३७ र बेपत्ता भएका १७ जनाको परिवारलाई जम्मा रु २७ लाख ५० हजार रकम प्रदान गरिसकेको छ । यस्तै आंशिकरूपमा क्षति भएका २० घरलाई प्रदेश सरकारले रु १० हजारका दरले रु दुई लाख राहत वितरण गरेको छ ।

विपद् व्यवस्थापन समितिले बाढी पहिरोका कारण घरबास गुमेकाहरु अहिले आफन्त, विद्यालय तथा सामुदायिक भवनमा आश्रय लिएर बसेको जनाएको छ । विपद्‌बाट साउनयता जिल्लाका १० वटै पालिकामा ५ सय ९० घरपरिवार विस्थापित भएको र उनीहरुको घर पुनर्निर्माण गर्न पारित गरी गृह मन्त्रालय पठाइसकेको प्रमुख जिल्ला अधिकारी न्यौपाने बताए ।

गृह मन्त्रालयले बागलुङलाई सङ्कटग्रस्त क्षेत्रका रूपमा घोषण गरी पुनर्निर्माणको समेत काम थाल्न लागेको छ । बागलुङमा साउनयता घटेका विपद्का घटनामध्ये ढोरपाटनमा सबैभन्दा बढीको मृत्यु भएको थियो । ढोरपाटनको भूजीखोलामा आएको बाढीमा मात्रै २२ जनाको मृत्यु भएको थियो भने १६ बेपत्ता भएका थिए । यस्तै तमानखोला, निसीखोला र जैमिनी नगरपालिकासहित समग्र जिल्लामा विपद्का घटनामा वृद्धि भएका थिए ।

बाढी पहिरोका कारण घर, गोठ, विद्यालय, खेलमैदान, खानेपानी, खेतीयोग्य जमिन जोखिममा रहेकालाई स्थानीय तहबाट आएको सिफारिसका आधारमा विपद् व्यवस्थापन समिति, आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेश, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय बागलुङ, भू तथा जलाधार कार्यालय पर्वतमा पुनर्निर्माण, पुनःस्थापना, मर्मतसम्भार तथा ग्याविन तार जालीका लागि सिफारिस गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १२ : ३९ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न