१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

प्रचण्डले आलोपालो अध्यक्ष र प्रधानमन्त्री चलाउने सहमति त्यागेकै दिन पार्टी विभाजनको सुरुवात : वामदेव गौतम



काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रचण्डले पार्टी एकताका बेला आलोपालो अध्यक्ष आलोपालो प्रधानमन्त्री चलाउने सहमती त्यागकै दिन पार्टी विभाजनको बिजारोपण भएको बताएका छन् ।

गौतम नेतृत्वमा गठन भएको ‘पार्टी एकता राष्ट्रिय अभियान’ को घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले कसैसँग सल्लाह नगरि प्रचण्डले एकताका बेला तयार भएको सहमती विपरित आलोपालो पघती त्यागेर फुट विभाजनको सृङ्खला सुरु भएको बताए ।

गौतमले पार्टी विभाजन पछि ओलीले आफुलाई पार्टीमा समावेश हुन आग्रह गरेको बताउंदै आफुले अध्यक्ष छाडेर बरिष्ठ नेता बन्ने र अध्यक्ष आफुलाई बनाएर एकता अभियानमा हस्तक्षप नगर्ने भए पार्टीमा आउँछु भनेको खुलासा गरे ।

मिडियाले आफुले भनेको कुरालाई दुबै तिर अध्यक्ष मागेको भनेर गलत प्रचार गरेको आरोप लगाए । उनले प्रचण्डले आलोपालो त्याग्दा केपी ओलीले एकताका आधारबाट पछि नहट्न प्रचण्डलाई भन्नुपर्नेमा नभनेर विभाजनको सुरुवात गरेको बताए ।

गौतमले एकताका बेला गरिएको दुई अध्यक्ष सहितको मोडालिटी गलत साबित भएको बताए ।

आफु अहिले पनि प्रतिनिधिसभा विघटनको विपक्षमा र सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहेको गौतमले खुलाए ।

पार्टीको स्थायी समितिमा ओलीले पटक पटक सांकेतिकरुपमा प्रतिनिधिसभा भंग गर्ने कुरा गरिरहँदा पनि आफुहरुले  सावधानी अपनाउंन नसक्दा विभाजनको पिडा खेप्नु परेको स्पष्ट पारे ।

उनले अहिले पनि प्रचण्ड र ओली समूहमा लागेका अधिकाँस नेता कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको बताउंदै सर्वोच्चको फैसला पछि दुबै समूहबाट आफ्नो समूहमा ठूलो संख्यामा नेता कार्यकर्ता आउने दाबी गरे । दुईटा खट्टाले टेक्दा सम्म आफु एकता र समाजबादको अभियानबाट नथाक्ने गौतमको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भए पनि गौतम कुनै समूहमा नलागी आफ्नै नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन्।

बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रमका साथ एकता अभियानको घोषणा कार्यक्रम सुरु गरिएको हो।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कृषि मन्त्री भएका बेला महिला हिंसाका कारण बदनामी कमाएका हरि पराजुली, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, पूर्व सांसद माया ज्ञवाली, बागमती प्रदेशका प्रदेशसभा सदस्य विनोद खड्का सहभागी छन्।

त्यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्राडा. हीराबहादुर महर्जन र केही समय अगाडि वामदेवको नाम लिएर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै घुस लिएर पक्राउ परेका डीबी कार्की पनि सहभागी देखिएका छन् ।

कार्यक्रममा सहभागीलाई पार्टी एकता राष्ट्रिय अभियान अवधारणापत्र वितरण गरिएको छ। कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रण गरिएको एक सहभागीले जनाकारी दिए।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १ : २१ बजे

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर