२९ कार्तिक २०८३, आइतबार | November 16, 2026

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो



पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस दुर्घटनामा परी कालिका इङ्लिस बोर्डिङ स्कुलका छात्रा ममता तिवारी र छात्र असिम कँडेलको मृत्यु भएको छ ।

बसमा ‘लिफ्ट’ मागी सवार स्थानीय ६५ वर्षीय बाबुराम तिवारीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

दुुर्घटनामा परी मृत्यु भएका थप दुई जनाको पहिचान खुल्न बाँकी रहेको उनले बताए। दुर्घटनामा परी पोखरा महानगरपालिका–२८ की १६ वर्षीया सृष्टि तिवारी, सोही ठाउँका १६ वर्षीय शिसन थापा मगर, १६ वर्षीय सौगात तिमिल्सिना, १५ वर्षीया अस्मी कँडेल, १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी र १३ वर्षीया अङ्कित पराजुली घाइते भएका छन् ।

यस्तै मादी गाउँपालिका–१२ बस्ने १५ वर्षीया स्मृति खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य, १६ वर्षीय यमन मगर र बसका चालक पोखरा–१५ बस्ने ५७ वर्षीय तुलबहादुर गुरुङ घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ३ : ५५ बजे

Your email address will not be published.

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका(५ देवीस्थानबाट आज इजाजत नभएका चार

एनपिएल : पोखरा एभेन्जर्ससँग काठमान्डु गोर्खाज ५५ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आइतबार भएको खेलमा

कालीगण्डकी करिडोर सडक पुन: अवरुद्ध

गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन । गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौं

प्रधानमन्त्रीको सचिवालयका ‘विज्ञ’लाई संयोजक र उपसंयोजकको भूमिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा कार्यरत कर्मचारी