१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रानीगञ्ज-शिवनगरबाट बुटवल जोड्ने मगरघाट पुल सञ्चालनमा, निर्माण सम्पन्न भएको १ वर्षपछि उदघाटन



बुटवल । बुटवल र मोतीपुर जोड्ने तिनाउ नदीमा बनेको मगरघाट पुल औपचारीक रुपमा सञ्चालनमा आएको छ ।

बुटवल योगिकुटी हुंदै मोतीपुर तथा रानीगञ्जको शिवनगर जाने मगरघाट पुलको आज एक कार्यक्रमका बीच नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले उदघाटन गरेका छन् । १ वर्ष पहिले निर्माण सम्पन्न भएपनि पलको आज मात्र उदघाटन भएको हो ।

बुटवलको योगीकुटीबाट मगरघाटको पुल हुँदै तिनाउ पारि रानीगञ्जको शिवनगर पुगिन्छ । तिनाउ नदीमा पुल नबन्दा शिवनगर रानीगञ्ज क्षेत्र बुटवलबाट अलग बस्तीजस्तो देखिन्थ्यो । सुकुम्वासी बस्ती रहेको त्यहाँ यसअघि सुनसान जस्तै थियो भने स्थानीयबासीहरु दैनीक मजदुरीका लागि घण्टौ लगाएर बुटवल आउन बाध्य थिए ।

मगरघाटको पुल उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले बुटवलसँग तिनाउ पारिका बस्तीको विभेद हटेको बताए । उनले भने, ‘विकासको महाअभियान शुरू भयो । यसको संरक्षण र सदुपयोगको दायित्व स्थानीयलाई छ । विकासको यो अभियानलाई निरन्तर अगाडि बढाउँछौँ ।’

उनले जनताको विकासको चाहनालाई सार्थक बनाउँदै जाने प्रतिबद्धता समेत व्यक्त गर्दै तिनाउ नदी आसपासको क्षेत्रलाई बस्नलायक बस्तीको रूपमा विकास गर्ने समेत आश्वासन दिए ।

लामो समयसम्म देवीनगरमा तिनाउमाथि झोलुंगे पुल थियो । झोलुंगे पुलबाट पैदलयात्रीलाई सहज भएपनि सवारीबाट ओहोरदोहोर गर्न भने मोतीपुरवासीलाई बेलबास, जीतगढी भएर घुमेर बुटवल आउनुपर्दथ्यो ।

आज उदघाटन भएको मगरघाटको पुल २०७३ सालमा शुरू गरेर २०७६ सालमा निर्माण सम्पन्न भएको हो । योगीकुटी र शिवनगर जोड्ने १ सय ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको यो पुलको लागत २१ करोड ४९ लाख रहेको छ ।

यो पुलले बुटवल वडा नम्बर ११ र १६ जोड्ने सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १ : ५५ बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा