१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रचण्ड–नेपाल नेकपाले आज बुटवलमा विरोधसभा गर्दै, प्रचण्ड र नेपालले सम्बोधन गर्ने



बुटवल । नेकपाको प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बिहीबार बुटवलमा विरोध सभा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय विरोध कार्यक्रमअन्तर्गत आज लुम्बिनी प्रदेशस्तरीय विरोधसभा गर्न लागेको सो पार्टीले जनाएको छ ।

विरोधसभा अघि सो पक्षले शक्ति प्रदर्शन गर्ने तयारी समेत गरेको छ । अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने विरोध सभालाई ब्यवस्थित गर्न बुटवलका बिभिन्न स्थानबाट ११ः३० बजेबाट प्रदर्शन हुने र प्रदर्शनको अगुवाई गर्ने नेताहरु समेत पार्टीले ताकेको लुम्बिनी प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेले बताए ।

पश्चिम कपिलवस्तु, अर्घाखाँची र दाङसम्म, पूर्व नवलपरासी, उत्तर गुल्मी, पाल्पा तथा दक्षिण रुपन्देहीका दक्षिणी सबै पालिकाबाट आफ्नो समर्थकहरु उतार्ने तयारी गरेको छ ।

संयोजक गैरेका अनुसार पाल्पा, गुल्मीबाट सहभागी हुने कार्यकर्ता समर्थकहरुको जुलुस बुटवलको गोलपार्कबाट सुरु हुने छ ।

गोलपार्कबाट हुने प्रदर्शनको अगुवाई केन्द्रीय सदस्य ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषेत्तम घिमिरेले गर्नेभएका छन् । अर्को प्रदर्शन परासी, देवदह, ओमसतिया, रोहिणी, तिलोत्तमा र भैरहवाबाट आउने समर्थकहरु बुटवल राजमार्ग चौराहाबाट निस्केने छन् । राजमार्ग चौराहाको जुलुसको नेतृत्व पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाल, घनश्याम यादव र नारायण जीसीले गर्ने छन् ।

यसैगरी बुटवल पश्चिम कपिलवस्तु, अर्घाखाँची, दाङ र पश्चिम रुपन्देहीको प्रदर्शन जितगढी किल्लाबाट सुरु हुने छ । पश्चिम क्षेत्रको कमाण्ड स्थायी समिति सदस्य बलदेव खनाल, ओनसरी घर्ती र राजु गुरुङले गर्ने गैरेले बताए ।

प्रदर्शनमा तोकिएको नारा मात्र लगाउन कार्यकर्ताहरुलाई निर्देशन दिईएको प्रचार प्रमुख सिद्धिचरण भट्टराईले बताए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ९ : ०२ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै