१ पुस २०८२, मंगलबार | December 16, 2025

गैडहवा गाउँपालिकाद्धारा ५ सय जनालाई न्यानोकपडा वितरण



बुटवल । गैडहवा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा ५ सय जना जेष्ठ नगारिक, एकल महिला तथा वयोवृद्धहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

वडा नम्बर ६ का अध्यक्ष रामबिलास यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष शुभावती यादवको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा सम्पूर्ण वडाका अध्यक्षहरु, समाजेवी, गाउँ कार्यपालिका सदस्य, स्थानिय दलका प्रमुख तथा प्रतिनिहिरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष बच्चुलाल केवटले तराईका क्षेत्रमा दिन प्रतिदिन बढ्दै गएको जाडोबाट खासगरी वृद्धवृद्धाहरु बढि प्रभावित हुने भएकोले गाउँकार्यपालिकाको निर्णयबाट नै न्यानो कपडा वितरण गरिएको बताए ।

गाउँपालिकाले अन्य वडाहरुमा पनि निरन्तर न्यानो कपडा वितरण गर्ने योजना अगाडी बढाएको गाउँपालिकाक उपाध्यक्ष शुभावती यादवले बताईन ।

कार्यक्रममा गैडहवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामबेलास यादवले बोल्दै जनताको समस्या नै सबैको साझा समस्या भएको कारणले गर्दा न्यानो वितरण कार्यक्रम गरिएको बताए । कार्यक्रम नमस्ते बाल बचाउ नेपालको संयोजकत्वमा भएको संस्थाका अध्यक्ष जगन्नाथ बस्यालले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ६ : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज