७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

कोरोनाका कारण बन्द भएका उद्योगलाई पुनःकर्जा दिइन्छ : मन्त्री भट्ट



चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना कहरका कारण बन्द भएका उद्योग पुनःसञ्चालनका लागि सरकारले पुनःकर्जा दिने तयारी गरेको बताएका छन् ।

नेपाल इँटा उद्योग महासङ्घको १२औँ साधारणसभालाई बिहीबार सम्बोधन गर्दै मन्त्री भट्टले बन्द भएका उद्योग सञ्चालनका लागि पुनःकर्जा दिने विषयमा छलफल चलिरहेको बताए ।

भट्टले भने, “कोरोनाका कारण बन्द भएका उद्योग सञ्चालनका लागि राज्यले दायित्व बहन गर्छ ।”

सरकारले उद्योग क्षेत्रमा लगाएका कर एकद्वार प्रणाली अवलम्बन गरिने उनले बताए ।

बैशाखमा मध्यावधि निर्वाचन हुने बताउँदै उनले भने, “आफ्नै दलभित्रबाट सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गर्नुपरेको हो । ताजा जनादेशमा जान तोकिएको समयमै निर्वाचन हुन्छ ।”

निर्वाचन हुँदैन भनेर शङ्का नगर्न आग्रह गर्दै उनले थपे, “संसद् विघटनको विषय नौलो होइन अचम्म मान्नु पर्दैन ।”

सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गर्नु परेको भन्दै मन्त्री भट्टले संसद् विघटन परम्परा रहेको बताए ।

विश्वका अन्य देशमा पनि संसद् विघटन भएको भन्दै उहाँले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

कृषिमा विदेशी लगानी भित्र्याउन खोजिएको भन्दै किसानले विरोध गरिरहेका बेला मन्त्री भट्टले बुझाइमा कमजोरी भएका कारण अनावश्यक कुरा बाहिर आएको बताए । उनले भने, “कृषिमा प्रविधि भित्र्याउन खोजिएको हो विदेशी लगानी भित्र्याउन खोजिएको होइन ।”

कृषिमा प्रविधि भित्र्याएर कम लागतमा उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए ।

सो अवसरमा दक्षिण एशियाली मुलुकको साना तथा मझौला फोरमका अध्यक्ष सुरेश प्रधान, नेपाल घरेलु तथा साना उद्योगका अध्यक्ष उमेशप्रसाद सिंह, महासङ्घका प्रथम उपाध्यक्ष एवं चितवन शाखाका अध्यक्ष नारायणप्रसाद सापकोटा, इसिमोडका कार्यक्रम संयोजक विद्या वनमाली प्रधानलगायतले बोलेका थिए ।

साधारणसभा तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ । साधारणसभामा देशभरबाट २५० भन्दाबढी सहभागी भएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ७ : ४२ बजे

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत

आजको मौसम : कोशी, मधेश र लुम्बिनीमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ