१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेकपा प्रचण्ड-नेपाल पक्षको बुटवलको सभास्थलमा भएको फोहरको कार्यकर्ताले गरे सफाई



बुटवल । नेकपा प्रचण्ड–नेपाल पक्षले आज बुटवलमा सम्पन्न गरेको विरोधसभामा सहभागी समर्थकहरुले गरेको फोहर सोही पार्टीका कार्यकर्ताहरुले सफाई गरेका छन् । बुटवलको पुस्पलाल पार्क अगाडी रहेको लुम्बिनी अस्पतालको खाली जग्गामा आज भएको विरोधसभाका क्रममा जम्मा भएको फोहरलाई नेकपा प्रचण्ड-नेपाल पक्षकै कार्यकर्ताहरुले उठाएका हुन् ।

अध्यक्ष द्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गरेको सभामा भेला भएका हजारौंको संख्याको सहभागीहरुले सभास्थलमा गरेको फोहर नेकपाका नेता राजु गुरुङ र विद्योर्थी नेतृ लक्ष्मी केसी,संविधान सभा सदस्य विनोद पहाडी , नेकपा प्रचण्ड-नेपाल रुपन्देहीका प्रचार प्रसार संयोजक सिद्धी चरण भट्टराई , युवा नेतृ सरिता श्रीस, पत्रकार गुनाराम घिमिरे, ईश्वर गुरुङ लगायतको नेतृत्वमा स्वयमसेवकहरुले सफाई गरेका थिए । सभाको समापन भए लगत्तै स्वयम सेवक सहितको टिमले सभा स्थल र त्यस वरिपरिका क्षेत्रमा भएका पानीका बोटल, प्लास्टिक, सुर्ती तथा अन्य कागजहरु, जङ्कफुडका कागज लगायतका फोहरहरु संकलन गरेर नस्ट गरेका थिए ।

बिरोध सभामा सहभागीहरुले छोडेका करिव क्वीन्टल भन्दा बडि फोहोर सकलन गरिएको प्रचार संयोजक सिद्धिचरण भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ११ : २० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम