१ पुस २०८२, मंगलबार | December 16, 2025

निर्वाचन आयोगको बैठकमा प्रचण्ड-नेपाल पक्ष सहभागी भएन, माघ १८सम्म बैठकमा आउन नसक्ने जानकारी



काठमाडौं । निर्वाचन आयोगले छलफलका लागि बोलाईएका नेकपा प्रचण्ड-माधव पक्षले आजको छलफल कार्यक्रममा प्रतिनिधित्व गर्न नसक्ने ब्यहोरा सहितको पत्र निर्वाचन आयोगलाई पठाएको छ ।

आयोगले नेकपाको दुबै समूहसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई सो पक्षले आग्रह गरेको छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुबै पक्षका अध्यक्ष वा अध्यक्षले ताकेको प्रतिनिधलाई उपीथत हुन आग्रह गरेको थियो ।

नेकपाले आयोगलाई पठाएको पत्रमा अध्यक्षद्धय माधवकुमार नेपाल र प्रचण्ड माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागीहुन नसक्ने उल्लेख गरिएको छ ।

पत्रमा अध्यक्षद्वय काठमाडौ बहिर रहेकाले प्रतिनिधी पनि पठाउन असहज भएको भनिएको छ ।

पार्टीका नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध गरेको पत्र बुझाएर फर्किएका छन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १२ : १९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज