७ आश्विन २०८३, बुधबार | September 23, 2026

शहीद दिवसमा युवाहरुको रक्तदान



बुटवल । तिनाउ सोसियल ग्रुप बुटवलले शहीद दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । शहीद दिवसको अवसर पारेर समुहले शुक्रबार प्रथम रक्तदान कार्यक्रम २०७७ गरेको हो ।

कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले उद्घाटन गर्दै सामाजिक कार्यसंगै युवाहरुलाई क्षमता विकास गरि अलग चिनारी बनाउन सुझाव दिए । उनले हरेक संस्थाले आफ्नो कार्य अन्तरगत रक्तदान अनिवार्य गर्नु उदाहरणिय कार्य भएको बताए ।

यसैगरि कार्यक्रममा नियमित रक्तदानमा सहभागी भएर ६० पटक भन्दा बढि रक्तदान गर्नुभएकी बुटवलकी रुपकेशरी बज्राचार्यलाई सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदास, क्लबका अध्यक्ष श्याम थापा, सचिव मीन सेन्चुरीले सम्मान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको संयोजक अशोक राईले बताए । यसैगरि समुहको नया टिसर्ट लन्च समेत गरिएको छ । कोभिड १९ को महामारीको अवस्थामा सहयोग जुटाउन उठेको युवाहरुको समूह अहिले सामाजिक कार्यमा लागेका छन ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  २ : २० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११