१६ बैशाख २०८१, आइतबार | April 28, 2024

शहीद दिवसमा युवाहरुको रक्तदान



बुटवल । तिनाउ सोसियल ग्रुप बुटवलले शहीद दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । शहीद दिवसको अवसर पारेर समुहले शुक्रबार प्रथम रक्तदान कार्यक्रम २०७७ गरेको हो ।

कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले उद्घाटन गर्दै सामाजिक कार्यसंगै युवाहरुलाई क्षमता विकास गरि अलग चिनारी बनाउन सुझाव दिए । उनले हरेक संस्थाले आफ्नो कार्य अन्तरगत रक्तदान अनिवार्य गर्नु उदाहरणिय कार्य भएको बताए ।

यसैगरि कार्यक्रममा नियमित रक्तदानमा सहभागी भएर ६० पटक भन्दा बढि रक्तदान गर्नुभएकी बुटवलकी रुपकेशरी बज्राचार्यलाई सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदास, क्लबका अध्यक्ष श्याम थापा, सचिव मीन सेन्चुरीले सम्मान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको संयोजक अशोक राईले बताए । यसैगरि समुहको नया टिसर्ट लन्च समेत गरिएको छ । कोभिड १९ को महामारीको अवस्थामा सहयोग जुटाउन उठेको युवाहरुको समूह अहिले सामाजिक कार्यमा लागेका छन ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  २ : २० बजे

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका