१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आगो ताप्ने क्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु



खोटाङ । खोटाङ खोटेहाङ गाँउपालिकाकी जेष्ठ नागरिक महिलाको आगोमा जलेर मृत्यु भएको छ ।

आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको हो ।

आफ्नै घर पालेको गाईवस्तुलाई कुँडो पकाउन बालेको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर उनी गम्भीर घाइते भएकी थिईन् । आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।

मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक भएको बताईएको छ । कपडा जलेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि उनलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए ।

हिमादेवीको मृत्यु भईसकेपछि स्थानी जनप्रतिनिधिले प्रहरीलाई खबर गरेको खाटाङ प्रहरी प्रमुख नायव प्रहरी उपरिक्षक नारायण प्रसार चिमोरीयाले बताए । प्रारम्भिक अनुसन्धानमा कुंडो पकाउन बालिएको आगोले कपडामा सल्कँदा मृतक गम्भीर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको डीएसपी चिमोरीयाले बताए । हिमादेवीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको छ ।

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : २२ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।