२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आगो ताप्ने क्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु



खोटाङ । खोटाङ खोटेहाङ गाँउपालिकाकी जेष्ठ नागरिक महिलाको आगोमा जलेर मृत्यु भएको छ ।

आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको हो ।

आफ्नै घर पालेको गाईवस्तुलाई कुँडो पकाउन बालेको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर उनी गम्भीर घाइते भएकी थिईन् । आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।

मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक भएको बताईएको छ । कपडा जलेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि उनलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए ।

हिमादेवीको मृत्यु भईसकेपछि स्थानी जनप्रतिनिधिले प्रहरीलाई खबर गरेको खाटाङ प्रहरी प्रमुख नायव प्रहरी उपरिक्षक नारायण प्रसार चिमोरीयाले बताए । प्रारम्भिक अनुसन्धानमा कुंडो पकाउन बालिएको आगोले कपडामा सल्कँदा मृतक गम्भीर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको डीएसपी चिमोरीयाले बताए । हिमादेवीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको छ ।

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : २२ बजे

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

“सपना हो कि विपना हो यो, के हो जिन्दगी ?