१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध



काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएपनि ढुक्क भएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिएका छन् । अधिकारीका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफै हराएर जाने गरेको बताए ।

खोप लगाएको ठाउँ रातो हुने, सुन्निने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएको छन् । ती सबै व्यक्तिमा देखिएका असर केही समयपश्चात् आफै निको भएको छ”, उनले भने, “खोपले काम गर्न थालेपछि त्यस्ता सामान्य असर देखिने गर्दछ । त्यस्तो असर कसैलाई दुई–तीन घण्टामा निको त कसैलाई एक÷दुई दिनमा निको हुन्छन ।”

डा. अधिकारीले कसैलाई पनि हालसम्म जटिल स्वास्थ्य समस्या भने नआएको बताए । मन्त्रालयले खोप लगाउँदा हरेक अस्पतालका सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिको व्यवस्थापनसमेत गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खोपपश्चात् अवाञ्छिन घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ टोली परिचालन गरिएको बताए । मन्त्रालयले सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोधसमेत गरेको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले १० जनामध्ये एक जनामा सामान्य समस्या दिएको बताए । डा. भण्डारीले खोप लगाएको ठाउँ दुख्ने, सुन्निने, शरीर थाकेको जस्तो हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, जाडो लाग्ने जस्तो समस्या देखिएको बताए ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी १६९ खोप केन्द्रबाट ४६ हजार १९७ जनाले लगाएका छन् ।

भारत सरकारको सहयोगमा ल्याइएको १० लाख मात्रा खोप अहिले देशभर कोरोना विरुद्ध अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाई कर्मचारी र सुरक्षाकर्मीलाई दिइँदैछ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १ : ४२ बजे

स्थिरता, सुशासन र पूर्वाधार – विष्णु पौडेलको अनुभव, दृष्टि र विकासको दृष्टिकोण

बुटवल । समकालीन नेपाली राजनीतिमा संगठनात्मक अनुशासन, आर्थिक दृष्टिकोण र

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

बागलुङ । नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा

संखुवासभा-ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का