२० मंसिर २०८२, शनिबार | December 6, 2025

तिलोत्तमामा फागुन ८ गतेदेखी ‘प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि-१०’ क्रिकेट प्रतियोगिता हुदै



बुटवल । तिलोत्तमा क्रिकेट विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय सुनिल ढुङ्गानाको स्मृतिमा तिलोत्तमा क्रिकेट विकास समितिले फागुन ८ गतेदेखी प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि-१० नकआउट क्रिकेट प्रतियोगिता गर्ने भएको छ । क्रिकेट विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय सुनिल ढुङ्गानाको स्मृतिमा आगामी फागुन ८ गते देखि रुपन्देहीको तिलोत्तमामा अवस्थित नव जीवन खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।

सर्बोत्तम सिमेन्टको मुख्य प्रायोजन रहेको प्रतियोगितामा देशभरबाट २० टिमको सहभागिता रहने तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले जानकारी बताए । प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।
यसैगरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५र५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । टिम दर्ताका आगामी फागुन ५ गतेसम्म गर्न पाउने छन् भने दर्ता शुल्क १० हजार रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट स्वर्गीय ढुङ्गानाको नाममा अक्षकोष स्थापना गरि तिलोत्तमा भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । पहिलो वर्ष प्रतियोगिताबाट ५० हजार तथा अन्य स्रोतबाट ५० हजार गरि लाख रुपैयाँको अक्षयकाेष स्थापना गरिने र आगामी ४ वर्षभित्र कोषको रकम ५ लाख रुपैयाँ पुर्याइने भएको हो ।

प्रतियोगिता बारे जानकारी गराउन शनिबार मणिग्राममा आयोजित कार्यक्रममा बोल्दै मुख्य प्रायोजक सर्वोत्तम सिमेन्टका रिजनल मार्केटिङ म्यानेजर रमेश ढकालले निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । यसै गरि जिल्ला खेलकुद विकास समितिका संगम थापा, नगर खेलकुद विकास समितिका राजेन्द्र गुरुङ तथा राष्ट्रिय कोच शंकर रानाले कार्यक्रम सफलताको कामना गरे । प्रतियोगिता आयोजनाका लागि साढे ८ लाख खर्च अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : ५९ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय