१८ श्रावण २०८३, सोमबार | August 3, 2026

संविधानको सहज व्याख्यामार्फत सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ : वरिष्ठ अधिवक्ता भट्टराई



काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्ने गरी बलपूर्वक संविधानको व्याख्या नहुने तर सरल र सहज व्याख्या हुने विश्वास रहेको बताएका हुन ।

संसद विघटनको विरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओली बाहेक सम्पूर्ण नेपाली नागरिकहरु, प्रेस, नागरिक समाज, लिगल कम्युनिटी रहेको पनि भट्टराईले बताए । संसारका कानूनविदहरुले नेपालको घटनालाई नजिकबाट हेरिरहेकाले सर्वोच्च अदालतबाट बलपूर्वक संविधानको व्याख्या नहुने उनले विश्वास गरे ।

‘संविधानको सपथ खाएर न्यायाधीश बन्नुभएका न्यायाधीशहरु संवैधानिक इजलाशमा रहनुभएकाले उहाँहरुले आफुले खाएको सपथ विपरित हुनेगरी फैसला गर्नुहुन्छ भन्ने कल्पना समेत गर्न सकिँदैन’, उनले भने ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ६ : ५७ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं