१२ असार २०८३, शुक्रबार | June 26, 2026

दोहोरी गाउने कलाकारले बुटवलमा जव शंख फुके, पात बजाए, सुसेली हाले र मैदानमा खेल खेले



बुटवल । दोहोरी गाएर दर्शक तथा श्रोतालाई मनोरन्जन दिने कलाकारहरुले यस पटक बुटवलमा भने फरक कलाकारिता प्रदर्शन गरेका छन् । लुम्बिनी प्रदेशभरीबाट बुटवलमा भेला भएका दोहोरी गितका कलाकारहरुले बुटवलमा भलिबल खेले, ब्याडमिन्टन हाने, पात बजाए, शंख फुके र सुसेली पनि हालेका छन् ।

राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेश शाखाले आयोजना गरेको कलाकार बीच राखिएको विभिन्न प्रतियोगिताहरुमा कलाकारहरुले उत्कृष्ठ प्रदर्शन गरेका छन् ।

खेलकुद प्रतियोगीता तर्फ भलिबल खेलमा रुपन्देहीले लोक दोहोरी प्रतिष्ठान गुल्मीलाई हराउँदै बिजयी हुन सफल भएको छ । आठ जिल्लाका कलाकार खेलाडीहरु बीच भएको खेलमा लोकदोहोरी प्रतिष्ठान रुपन्देहीका भलीबल खेलतर्फ प्रथम भएको हो । उनीहरुले सिल, मेडल, जिउँदो खसी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । लोकदोहोरी प्रतिष्ठान गुल्मी उपबिजेता भएको छ । उपबिजयताले सिल, मेडल, जिउँदो बोका र प्रमाणपत्र हात पारेको छ ।
रुपन्देही र गुल्मी बीच भएको खेलमा गुल्मीलाई सोझो सेटमा तिन जिरो बनाउदै रुपन्देही प्रथम हुन सफल भएको हो ।

भलीबल तर्फ सान्तोना पुरस्कार दाङले हात पारेको थियो ।

ब्याडमिन्टन तर्फ लोकदोहोरी प्रतिष्ठान नवलपरासीका कलाकार प्रथम भएका छन् भने लोकदोहोरी प्रतिष्ठान गुल्मीका खेलाडी दोस्रो भएका छन् । आयोजक लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेको छ ।

बिजयी खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले पुरुसकार तथा प्रमाणपत्र वितरण गरेका थिए । पुरस्कार बितरण गर्दै नगर प्रमुख घिमिरेल कलाकार कलाकार बीच भएको खेलकुद आफैमा महत्वपूर्ण भएको बताए । उनले कलाकारहरु नाच्ने गित गाउने बजाउने मात्र हैन परिआएको खण्डमा खेलकुदमा समेत कम छैन्न भन्ने कुराको उदाहरण प्रस्तुत गरेको बताए ।

लुम्बिनी प्रदेशका अध्यक्ष डिल्ली नारायण पाण्डेले प्रदेश भरीका कलाकार जम्मा गरेर खेलकुद आयोजना गर्न प्रदेश समिति सफल भएको भन्दै यो प्रतियोगिता आयोजना गरेर कलाकार भित्र रहेको फरक क्षेमता समेत बाहिर ल्याउन प्रतियोगिताले भूमिका खेलेको बताए ।

प्रतियोगितामा शँख बजाउने तर्फ बलराम लम्साल प्रथम, कपिल अधिकारी द्धितिय, माधब पान्डे तृतिय र सुर्य प्रसाद पाण्डेले सान्तोना पुरस्कार पाए । पात बजाउने तर्फ ओम ज्ञवाली प्रथम, चेतना थापा दोस्रो र धन बहादुर गुरुङ तृतिय भए । त्यसैगरि सिटी बजाउने तर्फ उज्वल गिरी प्रथम, कपिलदेव अधिकारी द्धितिय र रेसम खनाल तृतिय भए । सुसेली होल्ने तर्फ देवीदत्त सापकोटा प्रथम, नन्दु परियार द्धितिय र राम प्रसाद पौडेल तेस्रो भए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : ०० बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा