२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

नेपाल क्रसर तथा खानी उद्योग महासंघमा सिताराम न्यौपाने विजयी



बुटवल । नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनबाट सिताराम न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नया समिति निवार्चित गरेको छ ।

शनिबार भएको साधारण सभाबाट ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, उपाध्यक्षमा प्रदेश १ बाट देवराज तामाङ, प्रदेश २ बाटप्रदिप कुमार खड्का, प्रदेश ३ बाट देवराज लुईटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट चद्रमणि अधिकारी, महासचिवमा पुरुषोत्तम रेग्मी, सचिवमा रोशन राज गिरी, सह-सचिवमा मीन बहादुर शाही, कोषाध्यक्षमा याम बहादुर मल्ल, सह-कोषाध्यक्षमा विप्लव हमाल निर्विरोध भएका थिए ।

शनिबार अबेर अध्यक्ष र सदस्य पदमा भने मतदान भएको थियो । जसमा अध्यक्षका उम्मेदवार किरण थापालाई १२ मतले पराजित गर्दै सिताराम न्यौपाने विजयी भएका हुन ।

महासंघको सदस्यमा अमर विक्रम शाहले ६२, बेचन शर्मा ठाकुरले ६८, विकास नारायण श्रेष्ठले ५२, केदार गिरिले ६४, सरोज कुवरले ६२, शारदाप्रसाद ढकालले ४६, शंकर न्यौपानेले ४८ मत ल्याएर विजयी भएका प्रमुख निर्वाचन अधिकृत जगदिश बमले बताए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : ०६ बजे

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

“सपना हो कि विपना हो यो, के हो जिन्दगी ?

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा