२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

राष्ट्रिय खाद्य बैंकद्धारा कृषक तथा लगानीकर्ता बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न



बुटवल । विषादीरहित खाद्यवस्तु प्रत्येक उपभोक्ताको भान्छामा पुर्याउने लक्ष्यका साथ स्थापित राष्ट्रिय खाद्य बैंकको प्रभावकारिताबारे रुपन्देहीमा छलफल गरिएको छ ।

‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित बैंकले पहिलो चरणमा मुलुकका सातवटै प्रदेशमा कार्यालय स्थापना गरी काम थालिएको छ ।

राष्ट्रिय खाद्य बैंक लि. बुटवलको आयोजनामा कृषक तथा लगानीकर्ता बिचको अन्तरक्रिया कार्यक्रम भएको हाे । रुपन्देहीकाे तिलाेत्तमामा सराेकारवालाबिच भएको अन्तरक्रियामा बाेल्दै बैंकका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीले उत्पादन वृद्धिका लागि जथाभावी प्रयोग गरिने विषादीका कारण मानव स्वास्थ्यमा पारेको असरलाई ध्यानमा राखी उत्पादन, भण्डारण र बिक्री वितरणसँगै अनुसन्धानका काममा जोड दिइने बताए ।

उनका अनुसार सरकारी बाँझो जग्गा, सामुदायिक वनका खाली जग्गा, गुठी तथा खोलाको छेउका बगर, नेपाल विद्युत् प्राधिकरणको लाइनमुनिका तथा विभिन्न सङ्घसंस्था, व्यक्तिका जग्गा भाडामा लिएर आवश्यकता अनुसारका खाद्यवस्तु उत्पादन गरिने छ ।

कार्यक्रममा उद्याेगी खिमनारायण पराजुलीले खाद्यान्न उत्पादन गरी आत्मनिर्भर बनाउन लाग्नुपर्ने बताए । “कृषि उत्पादन भूमि कङ्क्रिट बस्तीमा परिणत हुनाका साथै खाना खाने पेटको सङ्ख्यामा वृद्धि हुने क्रमले गर्दा दिनप्रतिदिन मुलुकमा परनिर्भरता बढ्दै गएको छ”, उनले भने, “त्यसका लागि आवश्यक खाद्यान्न उत्पादन गरी आत्मनिर्भर बनाउनेतर्पm लाग्ने छौँ, पहिलो चरणमा मुलुकका सातवटै प्रदेशमा कार्यालय स्थापना गरी सञ्चालन गरिनेछ ।”

बैंकमार्पmत जैविक खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दही, दूध, माछामासु, अण्डा, जडीबुटी, चिया, कफी, उखुलगायत खानेकुरा उत्पादन गर्ने लक्ष्य लिइएको बताउँदै उनले रैथाने जातको संरक्षण गर्दै थोरै ठाउँमा धेरै उत्पादन गर्ने कार्यमा बैंक लाग्ने जनाए । जथाभावी प्रयोग हुने गरेको विषादी र मलले बिगारेको माटोलाई पुनारावस्थामा ल्याउन क्रमिकरूपमा प्रयास गरिने छ ।

पूर्णरूपमा जैविक कृषि वस्तु उत्पादनमा केही समय लाग्ने भए पनि पछिल्ला दिनमा लक्ष्य प्राप्ति हुने उनको विश्वास छ । उनले भारतबाट आएको तरकारी विषादी परीक्षण नगरी सिधैँ उपभोग गरेको टुलुटुल हेरेर बस्ने देश नेपाल मात्र रहेको र त्यसबाट आवश्यकता पूरा भए पनि मानव स्वास्थ्यमा ठूलो क्षति हुने हुँदा बैंकले उत्पादित वस्तुको सुरक्षित भण्डारणलाई समेत प्राथमिकता दिइने कृषि प्राबिधिक राजिब रमण न्याैपानेले बताए ।

एक सय ५० जनाको रु दुई अर्ब बराबरको शेयर राखेर स्थापना गरिएको बैंकको शेयर बन्न आह्वान गर्दै सातवटै प्रदेशमा कार्यालय स्थापना गरिने बताइएको छ । मुलुकका ७७ जिल्लासहित ७५३ स्थानीय तहमा बैंकका कार्यालय स्थापना गरी तत्स्थानको सम्भाव्यता अध्ययन गरी त्यसका आधारमा कृषि उत्पादनमा जोडिने अभियानले अन्ततः कृषि र पर्यटनलाई जोड्ने विश्वास लिइएको छ ।

नेपाल कृषिको उर्वरभूमि भएर पनि गत वर्ष मात्र भारतबाट रु ५७ अर्बको चामल आयात भएको थियो भने रु सात अर्बभन्दा बढीको कागती भित्रिएको कार्यक्रममा जानकारी दिइएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ९ : १७ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात