२० बैशाख २०८१, बिहिबार | May 3, 2024

बुटवलमा दुर्लभ रक्तदाताहरुको भेला सम्पन्न



बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा शनिबार बुटवलमा (दुर्लभ नेगेटिभ) रक्तदाताहरुको भेला सम्पन्न भएको छ ।

संस्थाको अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०० जना दुर्लभ रक्तदाताहरुको उपस्थिति रहेको थिए ।

सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र बस्यालको प्रमुख आतिथ्यता र बालरोग विशेषज्ञ डा.सन्तोष पोख्रेलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका महासचिव उदयराज भट्टराईले गरेका थिए ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलका सदस्य सचिव तथा ल्याव ईञ्चार्ज जोग बहादुर गुरुङले १५ बर्ष अगाडि एबी नेगेटिभ रगत आवश्यक पर्दा धरान गएर ल्याएको स्मरण गर्दै रुपन्देहीमा नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन भएपछि नेगेटिभ रगत व्यवस्थापनमा सहज भएको धारणा व्यक्त गरे ।

डा.सन्तोष पोख्रेलले रगतको विकल्प नहुँदासम्म स्वयंसेवी रक्तदाताहरु नै रगत व्यवस्थापनमा अग्रसर हुनुपर्ने बताए । नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले सरकारले गर्न नसकेको काम यस समाजले गरेको बताउँदै रगत नपाए बुटवल जानू भनाई सार्थक भएको बताए ।

कार्यक्रममा दुर्लभ रक्तदाताहरुको तर्फबाट नेपाल रेडक्रस सोसाईटि गुल्मी शाखाका उपमन्त्री तथा दुर्लभ रक्तदाता महेन्द्र भण्डारी, ए नेगेटिभ रक्तदाता किशोर पंगेनी, ब्द्य नेगेटिभ रक्तदाता मिनाक्षी न्यौपाने लगायतले शुभकामना व्यक्त गर्दै रगत व्यवस्थापनमा सदैव क्रियाशील रहने धारणा राखे । समाजका सल्लाहकार लक्ष्मण क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सबै दुर्लभ रक्तदाताहरुको परिचय कार्यक्रम समेत राखिएको थियो । कार्यक्रममा उपाध्यक्ष भीष्म केसीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संयोजन समाजको सदस्य भगवती अर्यालले गरेकी थिइन ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ९ : ४२ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक