१८ श्रावण २०८३, सोमबार | August 3, 2026

टीकापुर नगरपालिकाले खरका छाना भएका २९६ घरमा कर्कटपाता लगाइदिने



कैलाली । कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।

वडाबाट आएका सिफारिसका आधारमा वडा नं १ मा ५१ घर, २ मा २१, ३ मा १२, ४ मा पाँच घरमा टिनको जस्तापाता लगाइने भएको छ । त्यस्तै वडा नं ५ मा ५४, ६ मा ३७, ७ मा ४५, ८ मा ४६ घर र ९ नं वडामा २४ घरमा जस्तापाता लगाइने भएको छ । नगरपालिकामा वडास्तरबाट खरको छाना विस्थापितका लागि ४०४ घर सिफारिस भएर आए पनि यस वर्ष २९६ घरलाई खरमुक्त गरिनेछ ।

“नगरभरि ४०४ घर खरको छाना भएका तथ्याङ्क पाएका छौँ, हामीले वडास्तरमा अनुगमन गर्न भनेका थियौँ”, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, “तीमध्येबाट एकल महिला, अपाङ्गता भएका तथा अतिविपन्न र आयआर्जन नभएका परिवारलाई यस वर्ष प्राथमिकता दिएका छौँ । बढी समस्यामा रहेका परिवारका घर यस वर्ष खरमुक्त हुनेछन् ।”

उनले बाँकी घर आउँदो वर्ष खरमुक्त हुने बताए । “नगरपालिकाको योजनाअनुसार जस्तापाता लगाउनका लागि आवश्यक खर्च नगरपालिकाले व्योहोर्ने तयारी हो, तर म अनुगमनमा जाँदा एकल महिला, अपाङ्गता भएकाको घरमा जस्तापाता लगाइदिने मानिस छैन”, उनले भने, “यसबारे नगरपालिकाले कसरी सहयोग गर्ने भन्नेबारेमा समेत छलफल गरिरहेका छौँ । लगाउने विकल्प नभएकालाई नगरपालिकाले लगाइदिने विषयमा कार्यपालिकामा छलफल गर्छौँ ।”

एक घरको छानामा जस्तापाता लगाउन नगरपालिकाले रु ४८ हजारसम्म अनुदान दिनेछ । नगरपालिकाले जस्तापाता लगाउनका लागि शुरुमा ७० प्रतिशत रकम दिइने र टिन लगाइसकेपछि ३० प्रतिशत भुक्तानी दिने मापदण्ड तयार गरेको छ । सङ्घीय सरकारको सहयोगमा नगरपालिकाले खरको छाना भएका घरमा टिनको छाना लगाउने कार्यक्रम अघि सारेको हो । नगरपालिकाले गत वर्ष पनि जनता आवास कार्यक्रमअन्र्तगत १५ घर निर्माण गरिदिएको थियो ।

नगरपालिकाले घरमा टिनको जस्तापाता लगाइदिने भएपछि वडा नं ७ की ज्येष्ठ नागरिक माता विक निकै खुशी भएकी छिन । शनिबार अनुगमनमा माताको घर पुगेका नगरप्रमुख रावललाई उनले धन्यवाद दिइन । “नगरप्रमुख र वडाध्यक्ष आएर मेरो घर हेरेर गए, मेरो घर अब भत्कन मात्र बाँकी छ । यस वर्ष वर्षातमा कहाँ जाउला भन्ने चिन्ता थियो”, ७५ वर्ष उमेर नाघेकी एकल महिला माताले भनिन, “अब नगरपालिकाले टिन लगाइदिने भएपछि म पनि घामपानीबाट बच्ने भएँ । अब ढुक्कले घरभित्र सुत्न पाइएला भन्ने लागेको छ ।”

घरको छाना बन्ने भएपछि टीकापुरकै कौशीदेवी बुढा पनि खुशी छिन । पाँच वर्षदेखि खर नपाएर मर्मत नभएको उनको घरले पनि अब कर्कटपाताको छाना पाउने भएको छ । “खर किन्ने पैसा नभएर पाँच वर्षदेखि पानी आउँदा चुहिने घरमा बस्न वाध्य थिएँ”, उनले भनिन, “अब घर मर्मत हुने भयो, किन खुशी नलागोस् ।” रासस ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ०१ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल