४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी फोटोग्राफर संघकाे पाँचौ अधिवेशन सम्पन्न, पन्थको नेतृत्वमा नयाँ कार्यसमिति चयन



बुटवल । लुम्बिनी फोटोग्राफर संघको १४ औं वार्षिक साधारणसभा एवं पाँचौ अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।

अधिवेशनका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष निलकण्ठ भट्टराईले फोटोग्राफी पेसालाई मर्यादित र समय सापेक्ष बनाउनु पर्नेमा जोड दिदै प्रविधिमैत्री हुन सकेमा नै यो पेसा दीर्घकालीन हुने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि द्वय नवलपरासी फोटोग्राफर संघका अध्यक्ष चेतनारायण पाण्डे र गुल्मी फोटोग्राफर संघका अध्यक्ष श्री हरि न्यौपाने, रुपन्देही फोटोग्राफर संघका संस्थापक अध्यक्ष दुर्गा प्रसाद भण्डारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले संस्थाको प्रगति प्रतिवेदन एवम् भावी कार्ययोजना पेश गरेका थिए भने वरिष्ठ उपाध्यक्ष मनिराम पन्थ मनिषले स्वागत् मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सक्रिय महिला फोटोग्राफर माया पाण्डे, युवा फोटोग्राफर रविलाल पौडेल तथा उत्कृष्ट क्षेत्रीय संयोजक रामचन्द्र बेलबासे सम्मानित भएका थिए ।

पुराना तथा अग्रज फोटोग्राफरहरु रामराज शर्मा, टेकनारायण भट्टराई, सुर्यनारायण ज्ञवाली, धनपति न्यौपाने र हेमनाथ घिमिरे अर्जुन सम्मानित भएका थिए ।

मनीराम पन्थ (मनिष)को अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन:

अधिवेशनले मनिराम पन्थ मनीषको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिनेश अर्याल, प्रथम उपाध्यक्षमा रामप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा रामराज शर्मा र महासचिवमा माधवप्रसाद पन्थ चयन भएका छन् । त्यसैगरी सचिवमा प्रेमबहादुर अर्याल, सहसचिवमा कमला घर्तिमगर र रामचन्द्र बेलबासे कोषाध्यक्षमा चयन भएका छन् ।

अधिवेशनले सदस्यमा त्रिभुवन पाण्डेय,कमल अर्याल,रेशम भण्डारी,मोहन महतो,गोभा ज्ञवाली,गीता पंगेनी,ज्योतिलाल भट्टराई,मनोज क्षेत्री,दीपक पौडेल र धीरेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी अधिवेशनले कर्णबहादुर तिवारीको संयोजकत्वमा शोभाखर पन्थ र रविलाल पौडेल सदस्य रहने गरी तीन सदस्यीय लेखा समिति समय छनौट गरेको छ ।

संस्थाका महासचिव रामप्रसाद भण्डारीले प्रथम सत्रको कार्यक्रम सञ्चालन गरेका थिए भने दोश्रो सत्रको कार्यक्रम संस्थाका सचिव माधव पन्थले गरेका थिए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ४ : २९ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ