२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

लुम्बिनी फोटोग्राफर संघकाे पाँचौ अधिवेशन सम्पन्न, पन्थको नेतृत्वमा नयाँ कार्यसमिति चयन



बुटवल । लुम्बिनी फोटोग्राफर संघको १४ औं वार्षिक साधारणसभा एवं पाँचौ अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।

अधिवेशनका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष निलकण्ठ भट्टराईले फोटोग्राफी पेसालाई मर्यादित र समय सापेक्ष बनाउनु पर्नेमा जोड दिदै प्रविधिमैत्री हुन सकेमा नै यो पेसा दीर्घकालीन हुने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि द्वय नवलपरासी फोटोग्राफर संघका अध्यक्ष चेतनारायण पाण्डे र गुल्मी फोटोग्राफर संघका अध्यक्ष श्री हरि न्यौपाने, रुपन्देही फोटोग्राफर संघका संस्थापक अध्यक्ष दुर्गा प्रसाद भण्डारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले संस्थाको प्रगति प्रतिवेदन एवम् भावी कार्ययोजना पेश गरेका थिए भने वरिष्ठ उपाध्यक्ष मनिराम पन्थ मनिषले स्वागत् मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सक्रिय महिला फोटोग्राफर माया पाण्डे, युवा फोटोग्राफर रविलाल पौडेल तथा उत्कृष्ट क्षेत्रीय संयोजक रामचन्द्र बेलबासे सम्मानित भएका थिए ।

पुराना तथा अग्रज फोटोग्राफरहरु रामराज शर्मा, टेकनारायण भट्टराई, सुर्यनारायण ज्ञवाली, धनपति न्यौपाने र हेमनाथ घिमिरे अर्जुन सम्मानित भएका थिए ।

मनीराम पन्थ (मनिष)को अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन:

अधिवेशनले मनिराम पन्थ मनीषको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिनेश अर्याल, प्रथम उपाध्यक्षमा रामप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा रामराज शर्मा र महासचिवमा माधवप्रसाद पन्थ चयन भएका छन् । त्यसैगरी सचिवमा प्रेमबहादुर अर्याल, सहसचिवमा कमला घर्तिमगर र रामचन्द्र बेलबासे कोषाध्यक्षमा चयन भएका छन् ।

अधिवेशनले सदस्यमा त्रिभुवन पाण्डेय,कमल अर्याल,रेशम भण्डारी,मोहन महतो,गोभा ज्ञवाली,गीता पंगेनी,ज्योतिलाल भट्टराई,मनोज क्षेत्री,दीपक पौडेल र धीरेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी अधिवेशनले कर्णबहादुर तिवारीको संयोजकत्वमा शोभाखर पन्थ र रविलाल पौडेल सदस्य रहने गरी तीन सदस्यीय लेखा समिति समय छनौट गरेको छ ।

संस्थाका महासचिव रामप्रसाद भण्डारीले प्रथम सत्रको कार्यक्रम सञ्चालन गरेका थिए भने दोश्रो सत्रको कार्यक्रम संस्थाका सचिव माधव पन्थले गरेका थिए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ४ : २९ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन