१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

नयाँ जीवनका लागि हातेमालोद्धारा कुष्ठ प्रभावितलाई न्यानो लुगा वितरण



बुटवल । कुष्ठ प्रभावितहरुको लागि काम गर्दै आएको नयाँ जीवनका लागि हातेमालो बुटवलद्धारा विश्व कुष्ठरोग दिवसको अवसरमा कुष्ठ प्रभावितहरुलाई न्यानो लुगा वितरण गर्नुको साथै अन्तरक्रिया कार्यक्रम गरेको छ ।

बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा रहेका कुष्ठप्रभावित ४० जना महिला पुरुषहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।

जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख डा.विनोद गिरी, जन स्वाथ्य निरिक्षक टिकारामा अधिकारी, नयाँजीवनका लागि हातेमालो बुटवलका उपाध्यक्ष चित्र बहादुर गुरुङ्ग, कार्यक्रम अधिकृत मना पाण्डे लगायतका अतिथिहरुले न्यानो लुगाा वितरण गरेका हुन ।

कार्यक्रम नयाँ जीवनका लागि हातेमालो बुटवल, द ल्याप्रेसी मिसन नेपाल, ईनरह्वील क्लव अफ बुटवल, स्वाथ्य कार्यालय रुपन्देहीको संयोजनमा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख डा. विनोद गिरीले कुष्ठ रोग लुकाएर राखने रोग नभएको कारण उपचार गरेर निको हुने भएको कारण यसमा विशेष ख्याल गर्न आग्रह गरे ।

यस्तै क्षय कुष्ठ निरिक्षक फोकल पर्सन टिकाराम अधिकारीले बर्षमा एक पटक आफ्नो शरीर जाँच गर्ने अभियानको सुरुवात गर्नको लागि समेत आग्रह गरे ।

कार्यक्रममा द ल्यप्रेसी मिसन नेपालको परियोजना संयोजक राधा भट्राई, समाजसेवी सावित्रा अर्याल, सिमा कर्ण, लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ४ : ३९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम