२१ बैशाख २०८३, सोमबार | May 5, 2026

नयाँ जीवनका लागि हातेमालोद्धारा कुष्ठ प्रभावितलाई न्यानो लुगा वितरण



बुटवल । कुष्ठ प्रभावितहरुको लागि काम गर्दै आएको नयाँ जीवनका लागि हातेमालो बुटवलद्धारा विश्व कुष्ठरोग दिवसको अवसरमा कुष्ठ प्रभावितहरुलाई न्यानो लुगा वितरण गर्नुको साथै अन्तरक्रिया कार्यक्रम गरेको छ ।

बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा रहेका कुष्ठप्रभावित ४० जना महिला पुरुषहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।

जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख डा.विनोद गिरी, जन स्वाथ्य निरिक्षक टिकारामा अधिकारी, नयाँजीवनका लागि हातेमालो बुटवलका उपाध्यक्ष चित्र बहादुर गुरुङ्ग, कार्यक्रम अधिकृत मना पाण्डे लगायतका अतिथिहरुले न्यानो लुगाा वितरण गरेका हुन ।

कार्यक्रम नयाँ जीवनका लागि हातेमालो बुटवल, द ल्याप्रेसी मिसन नेपाल, ईनरह्वील क्लव अफ बुटवल, स्वाथ्य कार्यालय रुपन्देहीको संयोजनमा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख डा. विनोद गिरीले कुष्ठ रोग लुकाएर राखने रोग नभएको कारण उपचार गरेर निको हुने भएको कारण यसमा विशेष ख्याल गर्न आग्रह गरे ।

यस्तै क्षय कुष्ठ निरिक्षक फोकल पर्सन टिकाराम अधिकारीले बर्षमा एक पटक आफ्नो शरीर जाँच गर्ने अभियानको सुरुवात गर्नको लागि समेत आग्रह गरे ।

कार्यक्रममा द ल्यप्रेसी मिसन नेपालको परियोजना संयोजक राधा भट्राई, समाजसेवी सावित्रा अर्याल, सिमा कर्ण, लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ४ : ३९ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,