११ बैशाख २०८१, मंगलबार | April 23, 2024

सितलहर र चिसो बढेसँगै नेपालगन्ज र कोहलपुरका बिद्यालयहरु ३ दिनका लागि बन्द



नेपालगन्ज । अत्याधिक चिसो र लगातार सितलहर चलेपछि नेपालगन्ज र कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय ३ दिनकालागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाले आगामी माघ २१ गते (बुधबार) सम्मकालागि सबै विद्यालय बन्द गर्न आह्वान गरेको छ । अत्याधिक चिसो बढेसँगै बालबालिकाहरुलाई जोखिमबाट बचाउन नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको ती नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालका अनुसार नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय माघ १९ गते सोमबारदेखि २१ गते बुधबारसम्म बिदा गर्ने निर्णय भएको छ ।

चिसोका कारण विद्यालय जाने उमेरका बालबालिका सबैभन्दा बढि प्रभावित भएका छन् । सितलहरका कारण जनजिवन नै प्रभावित बनेपछि नगर भित्रका सबै बिद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नेपालगन्ज नगरका ३ दिनकालागि सबै विद्यालय बन्द गर्न बिद्यालय सञ्चालकहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ३५ बजे

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी हुँदै

काठमाडौं । विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको

देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा सभामुखको जोड

काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त

ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का

काठमाडौं। ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी