२० माघ २०८२, मंगलबार | February 3, 2026

सितलहर र चिसो बढेसँगै नेपालगन्ज र कोहलपुरका बिद्यालयहरु ३ दिनका लागि बन्द



नेपालगन्ज । अत्याधिक चिसो र लगातार सितलहर चलेपछि नेपालगन्ज र कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय ३ दिनकालागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाले आगामी माघ २१ गते (बुधबार) सम्मकालागि सबै विद्यालय बन्द गर्न आह्वान गरेको छ । अत्याधिक चिसो बढेसँगै बालबालिकाहरुलाई जोखिमबाट बचाउन नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको ती नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालका अनुसार नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय माघ १९ गते सोमबारदेखि २१ गते बुधबारसम्म बिदा गर्ने निर्णय भएको छ ।

चिसोका कारण विद्यालय जाने उमेरका बालबालिका सबैभन्दा बढि प्रभावित भएका छन् । सितलहरका कारण जनजिवन नै प्रभावित बनेपछि नगर भित्रका सबै बिद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नेपालगन्ज नगरका ३ दिनकालागि सबै विद्यालय बन्द गर्न बिद्यालय सञ्चालकहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ३५ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि