४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दै



काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रतिनिधिसभा विघटनपछि आन्दोलित बनेको सो पक्षले आज बिहान ११ बजेका लागि काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

चरणवद्ध आन्दोलन गर्दै आइरहेको नेकपा प्रचण्ड-नेपाल पक्षले संसद पुनर्स्थापनाको माग राख्दै आएको छ । बैठकले आन्दोलनको समीक्षा गर्दै आगामी कार्यदिशाका बारेमा छलफल गर्ने एक नेताले बताए ।

सो पक्षले यसअघि नै बुटवल, विराटनगर र धनगढीमा तीन वटा प्रदेश स्तरीय विरोध सभा गरिसकेको छ भने जनसभा तथा भेलाहरु गर्दै आएको छ । माघ ९ गते काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेका नेकपा प्रचण्ड-नेपाल पक्षले माघ २८ गते पनि जनप्रदर्शन गर्ने घोषणा गरिसकेको छ ।

यसअघि सो पक्षको केन्द्रीय कमिटी बैठक गएको पुस ७-९ मा बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत नै पार्टीको निर्णय गर्दै आएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ७ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको