७ आश्विन २०८३, बुधबार | September 23, 2026

पार्टी छोड्नेहरु ‘चोक्टा खान गएकी बुढी झोलमा डुबिन्’ जस्तै भएका छन् : प्रधानमन्त्री ओली



धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित मितिमै चुनाव सम्पन्न हुने दाबी गरेका छन् ।

धनुषाको ढल्केबरमा नेपालकै सबैभन्दा ठूलो विद्युत सवस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनावको मिति एक दिन पनि पर नसर्ने दाबी गरेका हुन् ।

ओलीले बैशाख १७ र २७ गतेको चुनावका लागि तयारी सुरु भैसकेको जनाउँदै धनुषालगायत २ नं. प्रदेशमा बैशाख १७ गते चुनाव हुने भएको बताए । उनको चुनावको तयारीमा लागिहाल्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै मधेशबाट चुनावमा आफ्नो पार्टीले सबैभन्दा धेरै सिट जित्ने दाबी गरे ।

उनले आफुलाई मधेश विरोधी भनेर प्रचार गरिएकोमा चित्त दुखेको गुनासो गर्दै मधेशको विकास र समृद्धिका लागि आफुले सबैभन्दा बढी प्रयास गरेको बताए । उनले भने, ‘केपी ओलीले नै मधेसमा बाटो, ढल र सिंचाइ बनाउँछ । तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदैछौ ।’

प्रधानमन्त्री ओलीले पार्टीभित्र उपद्रो मच्चाउनेहरु अलग भएको भन्दै अहिले पार्टीमा शान्ति छाएको जनाए । उनले भने, ‘उनीँहरुलाई दशा लागेको रहेछ। प्रधानमन्त्री खान हिँडेका थिए । चोक्टा खान गएकी बुढी झोलमा डुबिन् जस्तै भएका छन् अहिले ।’

ओलीले पशुपतिमा १४१ किलोको सुनको जलहरी लगाउँदा कुनै अन्यथा नहुने जिकिर गरे । राम्रो कामका लागि परम्परा तोड्नु नराम्रो नहुने उनको जिकिर थियो ।

‘केही मिडियाले चाँदीकै हाल्नुपथ्र्यो, किन सुनको हाल्न लाग्यो भनेर लेखे’, मिडियाप्रति आक्रोश पोख्दै ओलीले भने, ‘म तिनीहरुलाई सोध्न चाहन्छु, तपाईंको बुवा पण्डित तर तपाईं किन पत्रकार बनेको ? मेरो बुवा प्रधानमन्त्री थिए र म प्रधानमन्त्री बनेको त होइन नी ! नयाँ कामका लागि पुरानो भत्काउनुपर्छ ।’

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : २५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११