१६ असार २०८३, मंगलबार | June 30, 2026

संवैधानिक परिषदको सिफारिस सभामुखले फिर्ता गर्दा भाउन्निए राष्ट्रियसभा अध्यक्ष



काठमाडौं । सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदको सिफारिसपत्र फिर्ता पठाइदिएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका छन् ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले आज संसद सचिवालयमा पत्रकार सम्मेलन गर्दै आफु समेत सहभागी परिषदले गरेका सिफारि सभामुखले फिर्ता गर्नु असंवैधानिक भएको जिकिर गरेका छन् । उनले राष्ट्रिय सभा नै छैन जस्तो गरी सभामुखले व्यवहार देखाएकोमा आपत्ति समेत जनाएका छन् ।

उनले भने ‘सिफारिस पत्रहरु नेपालको संविधान र संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ विपरित सभामुख र एकल निर्णयले फिर्ता पठाएकामा गम्भीर आपत्ति प्रकट गर्दछु ।’

संवैधानिक परिषदले संसदीय सुनुवाइका लागि पठाएका सिफारिस पत्रलाई सभामुख सापकोटाले आइतबार सक्कलै प्रति फिर्ता पठाइदिएका थिए ।

तिमिल्सिनाले आफु समेत संलग्न परिषदका सिफारिसहरु विधिसम्मत भएको दाबी गर्दै त्यसलाई संसदीय सुनुवाई समितिलाई उपलब्ध गराइएको बताए ।

सभामुखले फिर्ता पठाएको पत्रले नियुक्तिमा कुनै असर नगर्ने उनले दाबी गरे ।

राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश अनुसार बसेको संवैधानिक परिषदको बैठक वैधानिक भएको तिमिल्सिनाको दाबी छ । उनले भनेका छन्, ‘संविधानको धारा ११४ मा मन्त्रिपरिषद्को सिफारिसमा समान्य राष्ट्रपतिबाट जारी भएको अध्यादेश संघीय संसद्ले अस्वीकृत गरेको अवस्थामा बाहेक कानुन सारा लागू हुन्छ भन्ने उल्लेख गरिएको छ ।’

अध्यादेशबारे सम्मानित सर्वोच्च अदालतबाट अन्यथा आदेश नभएको अवस्था रहेको उनले जिकिर गरे ।

 

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : ४९ बजे

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । अतिरिक्त समयको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल

जर्मनीको विश्वकप यात्रा समाप्त, पेनाल्टीमा पाराग्वेसँग स्तब्ध

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा नकआउट चरणमै

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा