२८ बैशाख २०८३, सोमबार | May 11, 2026

ओली नेतृत्वको नेकपामा २ वटा युवा संगठन, गृहमन्त्री थापाको पहलमा वाईसीएल ब्युँताइयो



काठमाडौं । सत्तारुढ नेकपा भित्र २ वटा युवा संगठन हुने भएको छ । गठनका बेला प्रजातान्त्रिक राष्ट्रिय युवासंघ र पछि युवासंघ नेपालका नाममा एउटा युवा संगठन अस्तित्वमा रहेकै बेला पुस १५ पछि ओली पक्षमा लागेका गृहमन्त्री रामबहादुर थापाले योङ्ग कम्युनिष्ट लिगलाई ब्यूताएपछि एउटै नेकपामा २ वटा युवाहरुको संगठन बनेको हो ।

पूर्वजनमुक्ति सेनालाई आफूतिर तान्न कै लागि गृहमन्त्री रामबहादुर थापाले योङ कम्युनिस्ट लिग (वाईसीएल) ब्युँताएका हुन् ।

पार्टी एकिकरण लगत्तै तत्कालीन माओवादीको युवा संगठन वाईसीएल र एमालेको युवा संघलाई पार्टी एकतापछि मिलाएर राष्ट्रिय युवा संघ नेपाल बनाइएको थियो।

गृहमन्त्री थापाकै सचिवालमा रहेका वीरु तामाङको नेतृत्वमा अहिले सम्म युवासंघ नेपालमा आवद्ध रहेका पूर्व वाईसीएललाई समेत समेटेर गृहमन्त्री थापाले वाइसीएल ब्यंताएका हुन् । ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको राष्ट्रिय युवा संघको संयोजक पूर्व माओवादीको तर्फबाट रामप्रसाद सापकोटालाई बनाईएको थियो ।

तामाङले माघ ८ गते ९९ सदस्यीय केन्द्रीय समिति सार्वजानिक गर्दै वाईसीएल ब्युंताईएको छ । तामाङका अनुसार वाईसीएलको ९९ सदस्यीय केन्द्रीय समितिले नौ सदस्यीय कार्यालय र सातै प्रदेशमा संयोजक समेत चयन गरेको छ।

तामाङका अनुसार कार्यालयमा गंगा कार्की, ज्ञानबहादुर ढुङ्गाना, सुमन लामा, कुमार हुमागाईं, पुष्पराज श्रेष्ठ, योगेन्द्र लामा, विष्णुप्रसाद घिमिरे, विष्णुराज बीसी र बलदेव राई रहेका छन् ।

यस्तै, प्रदेश १ मा विजय डाँगी, प्रदेश २ मा विमल पौडेल, बागमती प्रदेशमा मानबहादुर तामाङ, गण्डकीमा नवीन गुरुङ, लुम्बिनीमा गोविन्द भुसाल, कर्णालीमा टेकबहादुर बोगटी र सुदूरपश्चिममा योगेश साउदलाई संयोजक तोकिएको छ। यसैगरी विशेष प्रदेश भनेर अरुणकुमार क्षेत्रीलाई संयोजक तोकिएको छ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित अवस्थामा छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका बहुमत नेताहरुले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गरिसकेका छन्।

त्यसयता ओली समूहले पूर्व जनमुक्ति सेनालाई आफूतिर तान्ने प्रयास तीव्र पारेको छ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ९ : ५१ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका