८ बैशाख २०८१, शनिबार | April 20, 2024

नारायणी आयुर्वेद औषधालयमा औषधि अभाव



बागमती । नारायणी आयुर्वेद औषधालयमा औषधिको अभाव भएको छ । पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ ।

साथै यसको उपचार गराउने बिरामीका सङ्ख्या वृद्धि भए पनि औषधि अभावले स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ । औषधालयमा उपचार तथा परामर्श लिनेका सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । आवश्यकताअनुसार सेवाग्राहीलाई औषधि उपलब्ध गराउन नसकिएको औषधालयका प्रमुख डा सृष्टि श्रेष्ठको जानकारी दिइन् ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सो औषधालयमा आवश्यक औषधि, जनशक्ति तथा बजेटको समेत अभाव रहेको उनले बताइन् । कोरोनाको जोखिम हुन नदिन तथा उपचारमा समेत आयुर्वेदिक औषधिको प्रयोगमा सर्वसाधारणको औषधालयप्रति आकर्षण बढेको छ । विगतका तुलनामा सेवाग्राही बढी आउने गरेका वरिष्ठ आयुर्वेद चिकित्सक श्रेष्ठले जनाकारी दिइन् ।

औषधालयमा चालु आवको साउनदेखि मंसिरसम्ममा तीन हजार ७ सय ११ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् भने गत आवको सोही अवधिमा दुई हजार ९ सय ९८ ले सेवा लिएका थिए । कोरोना सङ्क्रमण बढेपछि सात हजार ९ सय ९० ले विभिन्न रोगको उपचार गराएका थिए । यसअघि २०७५÷७६ मा करिब सात हजारले उपचार गराएका थिए ।

औषधालयमा बालबालिकादेखि वृद्धवृद्धा उपचारका लागि आउने गरेका छन् । अहिले दैनिक ६० भन्दा बढी व्यक्ति उपचार सेवा लिन आउने गरेका प्रमुख श्रेष्ठले बताइन् । औषधालयले निःशुल्करूपमा ज्येष्ठ नागरिक, स्तनपायी , गाउँघर क्लिनिक र निःशुल्क औषधि लगायत स्वास्थ्य समस्या निराधार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बहिरङ्ग , फिजियोथेरापी , शिरोधार, पञ्चकर्म र योग पनि निःशुल्करूपमा औषधालयमा सञ्चालित छ । योगाभ्यास सेवा बिहान दैनिक सुरु गरे पनि सेवा लिने न्यून रहेको संलग्न चिकित्सक बताउँछन् । चालु आवमा औषधालयको कार्यालय सञ्चालनलयायत औषधि खरिदका लागि रु २३ लाख रहेको उनले बताइन् । उनले भनिन्, “औषधि खरिदको बजेट कम छ, पु¥याउनमा समस्या रहेको छ ।” यसैगरी सो औषधालयबाट कोरोना सङ्क्रमण तथा उपचार परामर्श र शारीरिक क्षमता वृद्धिका लागि आयुर्वेद विभागले पठाएको निर्देशनअनुसार काम भएको छ । क्वारेन्टिनमा उपचार र परामर्श सेवा, शङ्कास्पद बिरामीलाई अश्वगङ्धाचूर्ण, गुर्जेचूर्ण, मधुचूर्ण र चिथोप्लाजीचूर्ण औषधि र आवश्यक परामर्श समेत दिइएको छ ।

विसं २०३४ बाट मकवानपुर जिल्लाको हेटौंडामा सञ्चालनमा रहेको औषधालय विसं २०३८ मा आफ्नै भवन निर्माण गरी हेटौंडा-२ मा व्यवस्थितरूपमा सञ्चालनमा रहेको छ । यसअघि पर्साको रानीगञ्जमा औषधालय सञ्चालनमा थियो । पछि विसं २०३४ मा हेटौंडामा सारिएको थियो । हाल औषधालय बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको छ । औषधालयअन्तर्गत हेटौंडा उपमहानगरपालिका र राक्सिराग गाउँपालिकामा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ । हेटौंडाको हटिया र चुरियामाई तथा राक्सिरागको काकंडामा आयुर्वेद औषधालय रहेको बताइएको छ । त्यहाँ पनि औषधि समस्या रहेको छ ।

औषधालयले मातृशिशु सुरक्षार्थ दुग्धवर्द्धक आयुर्वेदिक औषधि वितरण तथा प्रवर्द्धन कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । यसैगरी विद्यालय आयुर्वेद स्वास्थ्य शिक्षा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर , स्वास्थ्य जीवनशैली र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । गुणस्तरीय सेवा प्रदान गरिँदै आएपनि यसप्रति सेवा लिनेको सङ्ख्या न्यून रहेको आयुर्वेद चिकित्सकको भनाइ छ ।

आयुर्वेद सेवाका बारेमा औषधालयले चेतनामूलक पम्पलेट जारी गरेको छ । पम्पलेटमा जारी सन्देशमा बजारमा पाइने विज्ञापनको आकर्षणमा लागेर आफैँ औषधि किनेर खाने बानी नगरौँ, कति आयुर्वेदिक औषधिको पनि नकारात्मक असर हुने गरेको छ । जति पुरानो उति राम्रो भन्ने विश्वासमा परेर धेरै दिनसम्म खुला रहेका, म्याद नाघेका, गन्ध एवं स्वाद बिग्रेका र फुटपाथमा बेच्ने गरेका औषधि प्रयोग नगर्न आग्रह गरिएको छ । आयुर्वेदिक औषधिको सेवन गर्नुभन्दा पहिला आधिकारिक आयुर्वेदिक चिकित्सक तथा प्राविधिकबाट स्वास्थ्य जाँच गराएर उनीको सल्लाहअनुसार मात्र औषधि प्रयोग गर्नुपर्छ र आयुर्वेदिक प्राविधिक हो वा होइन बुझेर मात्र सल्लाह लिनुपर्छ ।

आफ्नो घरको परिसर/करेसाबारीमा कम्तीमा घ्यूकुमारी, निम, गुर्जो, तुलसी, पुनर्नवा, पुदिनाजस्ता उपयोगी जडिबुटी लगाउनुपर्छ । शरीरमा लागेको रोग निको पार्न बुटी बाँधेर, झारफुक गरेर पानीले हात पखालेर तथा जसले जेको झोल दियो त्यो खाएर निको हुन्छ भन्ने भ्रममा परेर पैसा र (अमूल्य जीवन) स्वास्थ्य खेर नफाल्न आग्रह गरिएको छ ।

आयुर्वेदिक औषधिको प्रयोग गर्दा खानपिनलाई पनि ध्यान दिनुपर्ने हुन्छ । अम्लपित्त, मधुमेह, बालरोग, उच्चरक्तचाप र अन्य विभिन्न रोगलाई ध्यानमा नराखी औषधि मात्र सेवन गर्दा प्रभावकारी नहुने बताइएको छ । मौसमअनुसारको फलफूल, सागपात, तरकारी गेडागुडी र अन्नको सेवन गर्नुपर्छ । साथै नियमितरूपमा स्वास्थ्य परीक्षण गरी प्राणघातक रोगबाट जोगिनुपर्छ र केवल विश्वासको भरमा मात्र औषधि प्रयोग गर्नु हुँदैन तथा मन, वचन र कर्मले सही आचरण गर्ने व्यक्ति पूर्णस्वस्थ्य रहने जारी सन्देशमा उल्लेख गरिएको छ ।

मकवानुरको हैटौंडा उपमहानगरपालिका बजार तथा अन्य गाउँपालिका शहर र ग्रामीण क्षेत्रमा प्राविधिक एवं चिकित्सकीय ज्ञान नभएका व्यक्ति आयुर्वेदिक औषधि पसल सञ्चालन गरेका बताइएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ८ : ४४ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा