२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

संविधान दिवसका अवसरमा राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेश प्रशासनिक परिसरमा आज आयोजना गरिएको सरसफाइ कार्यक्रममा उनले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार अझै पूर्ण रूपमा प्रत्यायोजन नभएकाले बाँकी अधिकार हस्तान्तरण गर्न सङ्घीय सरकारलाई ध्यानाकर्षण गराए ।

“प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकारहरू अहिले पनि कार्यान्वयन गर्न पाइरहेको अवस्था छैन । यसमा सङ्घीय सरकारले अधिकार हस्तान्तरणमा पहल गर्नुपर्ने आवश्यकता छ”, मुख्यमन्त्री आचार्यले भने। संविधानले निर्दिष्ट गरेका अधिकार प्रदेश र स्थानीय तहले उपयोग गर्न पाउनुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री आचार्यले भने, “संवैधानिक अधिकार कार्यान्वयन गर्न जरुरी छ । संविधानले निर्दिष्ट गरेका अधिकारको प्रभावकारी कार्यान्वयनबाट मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र पूर्ण रूपमा कार्यान्वयनमा आउँछ ।” उनले संविधान र लोकतान्त्रिक व्यवस्थाका लागि योगदान तथा बलिदान दिने ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितप्रति उच्च सम्मान प्रकट गरे ।

प्रदेश सरकारले संविधान दिवसका अवसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेअनुसार प्रशासनिक परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा मुख्यसचिव विनोदबहादुर कुँवरले प्रशासनिक परिसरलाई नमुनायोग्य बनाउने गरी सरसफाइ तथा संरक्षणको काम अघि बढाइएको बताए ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ११ : ५१ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ