३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नेकपाको प्रचण्ड-नेपाल पक्षद्वारा निर्वाचन आयोग समक्ष आधिकारिकताको दाबी प्रस्तुत



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पाटी नेकपाले निर्वाचन आयोग पुगेर पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आफ्नो दाबी पेस गरेका हुन् ।

त्यसक्रममा नेकपाका नेताहरुले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसहितका पदाधिकारीसँग राजनीतक दलको विवादको अधिकारिकता टुंगो नलगाई निर्वाचन हुन नसक्ने समेत जिकिर गरेका छन् ।

छलफलमा सहभागी वरिष्ठ नेता झलनाथ खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीको झन्डै ७० प्रतिशत सदस्य आफूहरुसँग रहेको दाबी गरेको बताए । खनालले केन्द्रीय कमिटी बैठकबाट प्रमाणित तथ्य, प्रमाण र विधानको व्यवस्था समेटेर दाबी आयोगसमक्ष प्रस्तुत गरेको जानकारी दिए ।

‘बहुदलीय संसदीय व्यवस्थामा दलहरुको बारेमा विवाद निरुपण नभई कुनै चुनाव हुँदैन,’ खनालले भने, ‘दलहरु नै निर्वाचनका मुख्य खेलाडी हुन्, यिनलाई पन्छाएर निर्वाचन हुँदैन’ खनालले भने ।

 

 

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : २४ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै