१८ श्रावण २०८३, सोमबार | August 3, 2026

५५ वर्षमा पुगेका एकल पुरुष र अविवाहित महिलाले पनि भत्ता पाउने



दैलेख । दैलेखको डु‌ंगेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन्।

गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६र७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्। उनीहरलाई मासिक रु ५ सय भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए। ‘भत्ता ६र६ महिनामा वितरण गरिनेछ’, अध्यक्षले भने।

त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए। तर, महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत संकलन गर्ने काम भइरहेको छ। रासस

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १ : २५ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल