१८ श्रावण २०८३, सोमबार | August 3, 2026

आन्दोलनमा उत्रियो कोरोना पीडित संघर्ष समिति



काठमाडौं । सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कारोना महामारीबाट पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संघर्षमा उत्रिएका छन् ।

मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै कोरोना महामारी पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संगठित रुपमा संघर्षमा उत्रिएका हुन् ।

लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारी साधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको प्रक्रिया पुरा गरेर पनि पर्यटकलाई एराइभल भिसा नखोलेको तथा निम्न मध्यम र मध्यम वर्गका व्यवसायीले पुर्नकर्जा र व्यवसाय निरन्तरताका लागि सहुलियत कर्जा नपाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएको तथा बैंकको अन्याय अत्याचार बढेका कारण आन्दोलनमा आउनुपरेको नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरी शर्माले बताए ।

मौद्रिक नीति सबैमा समान प्रकारले लागु गर्नुपर्ने, अनावश्यक सरकारी कर र जरिवानाको अन्त्य गरी व्यवसायीलाई काम गरेर खाने वातावरण बनाइदिन माग गरिएको छ ।

मंगलबार र बुधबार शान्तिपूर्ण धर्ना गर्ने र माग पुरा नभए कडा रुपको आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाईएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ४ : ०७ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल