११ चैत्र २०८२, बुधबार | March 25, 2026

१० महिनापछि विमान बंगलादेशले नेपालका लागि उडान शुरु गर्दै



काठमाडौं। कोरोना महामारी सुरु भएयता बन्द रहेको बंगलादेशी ध्वजावाहक वायुसेवा कम्पनी विमान बंगलादेशले ढाका-काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ। कोराना संक्रमणको प्रभाव केहि घटेसँगैविमान बंगलादेशले नियमित उडान थाल्‍नका लागि प्रक्रिया थालेको हो । विमान बंगलादेशले नियमित उडानकालागि प्रक्रिया अगाडी बढाएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्रक्रिया पुरा भएपछि कोरोना महामारी सुरु भएयता बन्द रहेको दुई देशबीचको उडान १० महिनापछि सञ्चालनमा आउने छ । कम्पनीले आउँदो फागुनको दोस्रो सातादेखि नियमित व्यवसायिक उडान सुरु गर्ने जनाएको छ।

विमान संचालन गर्नका लागि उडान पुनः सुरु गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिनाअघि पत्राचार गरेपछि विमान बंगलादेशले उडान अनुमति माग गरेको थियो । कम्पनीको माग अनुसार गतसाता प्राधिकरणले कम्पनीलाई उडान अनुमति दिइसकेको छ ।

कम्पनीका अनुसार प्राधिकरणले साताको दुईवटा उडान गर्नका लागि अनुमति दिएको छ । प्राधिकरणबाट अनुमति पाएलगत्तै कम्पनीले टिकट बुकिङ लिन सुरु गरेको कम्पनीका एक कर्मचारीले जानकारी दिए । कोभिडअघि नेपालबाट ढाकाका लागि निजीक्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि नियमित उडान गर्दै आएको थियो।

हाल बंगलादेशका लागि हिमालयले हालसम्म चार्टर उडान मात्र गर्दै आएको छ। पुनः नियमित व्यवसायिक उडानका लागि हिमालयले हालसम्म प्रस्ताव नगरेको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ०७ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी