४ पुस २०८२, शुक्रबार | December 20, 2025

१० महिनापछि विमान बंगलादेशले नेपालका लागि उडान शुरु गर्दै



काठमाडौं। कोरोना महामारी सुरु भएयता बन्द रहेको बंगलादेशी ध्वजावाहक वायुसेवा कम्पनी विमान बंगलादेशले ढाका-काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ। कोराना संक्रमणको प्रभाव केहि घटेसँगैविमान बंगलादेशले नियमित उडान थाल्‍नका लागि प्रक्रिया थालेको हो । विमान बंगलादेशले नियमित उडानकालागि प्रक्रिया अगाडी बढाएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्रक्रिया पुरा भएपछि कोरोना महामारी सुरु भएयता बन्द रहेको दुई देशबीचको उडान १० महिनापछि सञ्चालनमा आउने छ । कम्पनीले आउँदो फागुनको दोस्रो सातादेखि नियमित व्यवसायिक उडान सुरु गर्ने जनाएको छ।

विमान संचालन गर्नका लागि उडान पुनः सुरु गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिनाअघि पत्राचार गरेपछि विमान बंगलादेशले उडान अनुमति माग गरेको थियो । कम्पनीको माग अनुसार गतसाता प्राधिकरणले कम्पनीलाई उडान अनुमति दिइसकेको छ ।

कम्पनीका अनुसार प्राधिकरणले साताको दुईवटा उडान गर्नका लागि अनुमति दिएको छ । प्राधिकरणबाट अनुमति पाएलगत्तै कम्पनीले टिकट बुकिङ लिन सुरु गरेको कम्पनीका एक कर्मचारीले जानकारी दिए । कोभिडअघि नेपालबाट ढाकाका लागि निजीक्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि नियमित उडान गर्दै आएको थियो।

हाल बंगलादेशका लागि हिमालयले हालसम्म चार्टर उडान मात्र गर्दै आएको छ। पुनः नियमित व्यवसायिक उडानका लागि हिमालयले हालसम्म प्रस्ताव नगरेको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको