२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

१० महिनापछि विमान बंगलादेशले नेपालका लागि उडान शुरु गर्दै



काठमाडौं। कोरोना महामारी सुरु भएयता बन्द रहेको बंगलादेशी ध्वजावाहक वायुसेवा कम्पनी विमान बंगलादेशले ढाका-काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ। कोराना संक्रमणको प्रभाव केहि घटेसँगैविमान बंगलादेशले नियमित उडान थाल्‍नका लागि प्रक्रिया थालेको हो । विमान बंगलादेशले नियमित उडानकालागि प्रक्रिया अगाडी बढाएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्रक्रिया पुरा भएपछि कोरोना महामारी सुरु भएयता बन्द रहेको दुई देशबीचको उडान १० महिनापछि सञ्चालनमा आउने छ । कम्पनीले आउँदो फागुनको दोस्रो सातादेखि नियमित व्यवसायिक उडान सुरु गर्ने जनाएको छ।

विमान संचालन गर्नका लागि उडान पुनः सुरु गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिनाअघि पत्राचार गरेपछि विमान बंगलादेशले उडान अनुमति माग गरेको थियो । कम्पनीको माग अनुसार गतसाता प्राधिकरणले कम्पनीलाई उडान अनुमति दिइसकेको छ ।

कम्पनीका अनुसार प्राधिकरणले साताको दुईवटा उडान गर्नका लागि अनुमति दिएको छ । प्राधिकरणबाट अनुमति पाएलगत्तै कम्पनीले टिकट बुकिङ लिन सुरु गरेको कम्पनीका एक कर्मचारीले जानकारी दिए । कोभिडअघि नेपालबाट ढाकाका लागि निजीक्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि नियमित उडान गर्दै आएको थियो।

हाल बंगलादेशका लागि हिमालयले हालसम्म चार्टर उडान मात्र गर्दै आएको छ। पुनः नियमित व्यवसायिक उडानका लागि हिमालयले हालसम्म प्रस्ताव नगरेको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ०७ बजे

टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण

कैलाली । जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो-लक्ष्मण

‘छठ वैदिककालदेखिको पर्व हो’

रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छठपर्व वैदिककालदेखिको पर्व

श्रीमानद्वारा श्रीमतीको हत्या

तनहुँ । तनहुँको भानु नगरपालिका-८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले

लाङ्टाङमा हराएका पर्यटक मृत भेटिए

रसुवा । लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत

सेफ्स एशोसिएशन अफ नेपालद्वारा ‘पैचो पसल’ सम्मानित

काठमाडौँ । पहाडी र उच्च पहाडी क्षेत्रमा मात्र उत्पादन हुने