२० मंसिर २०८२, शनिबार | December 6, 2025

गाँजासहित अटो चालक पक्राउ



वागमती । अटोमा गाँजा बोक्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको हेटौँडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट प्रहरीले ११ किलोग्राम लागूऔषध गाँजासहित चालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका–२ का ४१ वर्षीय चन्द्रबहादुर दमाइ रहेका छन् । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उहाँलाई हेटौंडा उपमहानगरपालीका–१९ नेवारपानीस्थित सडकखण्डबाट मङ्गलबार पक्राउ गरेको हो ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना२ह ४१०१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालक समेत रहेका उहा पक्राउ परेका हुन् । प्रहरीले चालक बस्ने सिटमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा ११ किलोग्राम गाँजा, रु ६७ हजार र भारतीय रुपैयाँ दुई हजार ५ सय पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ७ : १४ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी