२४ असार २०८३, बुधबार | July 8, 2026

चिसोले बन्द गरिएका विद्यालय खुले



डोल्पा । हिमाली जिल्ला डोल्पाका विद्यालय बन्द भएको एक महिनापछि खुलेका छन् । हिँउदको अत्यधिक चिसोले पठनपाठन क्रियाकलाप प्रभावित भएपछि गत पुस १५ देखि बन्द भएका विद्यालय एक महिनापछि खुलेका हुन् ।

माघ लागेसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका सम्पूर्ण विद्यालय खुलेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकाको निर्णयबाट एक महिना बन्द गरिएको विद्यालय गत बिहीबारदेखि खुलाएर पठनपाठन क्रियाकलाप शुरु गरिएको त्रिपुरा मावि त्रिपुराकोटका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए । माघ लागे पनि चिसो अझै नघटेकाले पठनपाठनमा समस्या भएको बताउँदै घाम लागेको मौका छोपी खुला चौरमा लगेर भए पनि पढाउने गरिएको उपाध्यायको भनाइ छ ।

वर्षकै जाडो हुने महिनाका रुपमा रहेका पुस माघमध्ये माघ महिना अझै बाँकी रहेकाले चिसो अत्यधिक रहेको र कक्षाकोठामै बसेर पढ्न समस्या हुने गरेको कक्षा ९ मा अध्ययनरत छात्रा सुष्मा परियारले बताए । विद्यार्थीलाई चिसो लागेको अवस्थामा कक्षाकोठा बाहिर घाममा लगेर शिक्षकले पढाउने गरेको उनको भनाइ छ । अघिल्लो वर्ष पुस १५ मा बन्द भएका विद्यालय फागुन पहिलो सातामात्रै खुल्ने भए पनि यस वर्ष लामो लकडाउनका कारण बालबालिकाको पढाइ बिग्रेको भन्दै १५ दिनअघिनै विद्यालय खुलाउने निर्णय गरिएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।

विद्यालय खुले पनि विद्यार्थीको उपस्थिति न्यून रहनुका साथै जिल्ला बाहिर घर भएका शिक्षक विद्यालय पुग्नेक्रम जारी रहेको आदर्श माध्यमिक विद्यालय जुफालका प्रधानाध्यापक पूर्णबहादुर डाँगीले बताए । जिल्ला दुई वटा स्थानीय तहमा विद्यालय खुले पनि काइके, जगदुल्ला, मुड्केचुला गाउँपालिकाका विद्यालय भने अझै खुलेका छैनन् । पुस १५ देखि बन्द भएका तीनवटै स्थानीय तहका विद्यालय फागुन पहिलो सातामात्रै खुल्ने गाउँपालिकाले जानकारी दिएका छन् ।

उपल्लो डोल्पाका विद्यालय अझै बन्द

माघ १५ लागेसँगै तल्लो डोल्पाका विद्यालयमा धमाधम पठनपाठन शुरु भए पनि उपल्लो डोल्पाका विद्यालय भने अझै खुलेका छैनन् । उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध, छार्काताङसोङ् र शे–फोक्सुण्डो गाउँपालिका २४ वटा विद्यालय गत कात्तिक महिनादेखिनै बन्द भएका हुन् । प्रत्येक वर्ष कात्तिक अन्तिममा बन्द भएका उपल्लो डोल्पाका विद्यालय छ महिनापछि वैशाखमा मात्र खुल्ने तापरिचा माविका शिक्षक लोकेश खत्रीले बताए ।

यस समयमा अत्यधिक हिमपात हुने र चिसोले स्थानीयवासी समेत जाडो छल्न बेँसी झर्ने भएकाले विद्यालय लामो समयका लागि बन्द हुने गर्दछन् । जिल्लाका आठवटा स्थानीय तहमध्ये केहीले वार्षिक परीक्षा सम्पन्न गरेरै पुस १५ मा विद्यालय बन्द गरेका थिए भने केही स्थानीय तहले बन्द गर्न अघि प्रथम त्रैमासिक परीक्षामात्र सञ्चालन गरेका थिए । जिल्लाका आठवटै स्थानीय तह गरेर कूल ११२ वटा विद्यालय रहेका छन् ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ७ : १८ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको