२१ भदौ २०८३, आइतबार | September 6, 2026

राष्ट्रिय गौरवको भेरी-बबई डाईभर्सन आयोजनाका श्रमिकहरु आन्दोलनमा, १ वर्ष देखि पारिश्रमिक नपाएको गुनासो



सुर्खेत । सरकारले घोषणा गरेको राष्ट्रिय गौरवको आयोजना मध्य एक प्रमुख भेरी(बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका श्रमिकले पारिश्रमिक नपाएको भन्दै आन्दोलन थालेका छन् । उनीहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलन शुरु गरेका हुन् ।

आयोजना परामर्शदाता महाव घोड्स इन एशोसियशन वीथ (इकोकोड) नेपालको तर्फबाट काम गर्ने श्रमिकले पारिश्रमिक नपाएका कारण आन्दोलन गर्नुपरेको श्रमिकहरुले बताए ।

गत असार २२ गते रोजगारदाता र श्रमिकवीच एक वर्षको बाँकी पारिश्रमिक एक महिनाभित्र भुक्तानी गर्ने मौखिक सहमति बिपरित रोजगारदाता कम्पनीले हालसम्म भुक्तानी नदिएको उनीहरुले भनाइ छ ।

आन्दोलरत श्रमिक प्रविन यादवले रोजगारदातासँग बक्यौता पारिश्रमिक दिन ६ पटकसम्म लिखित अनुरोध गर्दा समेत सुनुवाई नभएपछि आन्दोलन गर्नु परेको बताए ।

बक्यौता रकम भुक्तानी गर्ने सम्झौता गरेको पाँच महिना बितिसक्दा समेत रोजगारदाताले बेवास्ता गरेको श्रमिकहरुको भनाई छ ।

श्रमिकहरुले आयोजनाको कार्यालय अगाडि सोमबारदेखि चरणबद्ध आन्दोलन शुरु गरेका हुन् ।

आयोजनाका इञ्जिनियर प्रदिप खनालले ११ महिनासम्म पनि रकम नपाउँदा खाने बस्ने खर्च समेत नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । श्रमिकहरुले पहिलो चरणमा कामलाई प्रभावित नपर्ने गरि साँकेतिक आन्दोलन गरेको र माग पुरा नभएर कामकाज नै रोकिने गरि पनि आन्दोलन हुन सक्ने चेतावनी दिए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : १३ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका