७ चैत्र २०८२, शनिबार | March 22, 2026

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात



काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव कायमै रहेको छ ।

हाल देशका पहाडी भू-भागको मौसममा आशिंक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ । आज विहान काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना छ । त्यस्तै देशका अन्य भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशको पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : ५३ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा